धरान । जम्मुकास्मिरी क्षेत्र पुलवालामा भएको आक्रमणको मास्टर माइण्डका सहयोगी मानिएका एक युवालाई भारतको दिल्ली क्षेत्रबाट पक्राउ गरिएको छ ।

दिल्ली प्रहरीको स्पेशल फोर्सले पुलवाला आक्रमणको मास्टरमाइण्ड मानिएका मुदस्सिरको सहयोगी सज्जाद खानलाई पक्राउ गरेको हो । यसलाई प्रहरीले ठूलो सफलता हात पारेको दाबी गरेको छ । १४ फरवरीमा भएको घटनामा मुदस्सिर मास्टरमाइण्डका रूपमा रहेका थिए । भारतीय प्रहरी फोर्सका अनुसार मुदस्सिरको केही समयपछि इन्काउन्टर गरिएको थियो ।

खान मुदस्सिरको सम्पर्कमा रहेको बताइन्छ । उनी पुलवाला हत्यापछि भागेका थिए । उनलाई भारतीय प्रहरी फोर्सले फरार सूचीमा राखेको थियो । खानलाई पक्राउ गरिएपछि भारतीय प्रहरीले ठूलो सफलताको रूपमा चित्रण गरेको छ । किनकी खुफिया एजेन्सीमार्फत् दिल्लीमा ठूलो हमला गर्न लागिएको सूचना प्रहरीले प्राप्त गरेको थियो । जसमा खान संलग्न हुने सक्ने अनुमान गरिएको थियो ।

https://twitter.com/ANI/status/1108973027323195392

पुलवालामा आतंककारीहरूले प्रयोग गरेको गाडी खानले खरिद गरेका थिए । घटनाको १० दिनअघि मात्रै खरिद गरिएको फेला परेको थियो । जसका कारण पनि प्रहरीले उनीलाई संदिग्ध रहेको भन्दै खोजी कार्य गरिरहेको थियो ।