धरान । पाँचौ महिला साफ च्याम्पियनसिप फुटबलमा भारतले अग्रता कायम गरे पनि नेपालले ७ औं मिनेटपछि बराबरी गोल फर्काएको छ ।

मोरङको विराटनगरस्थित शहीद रंगशालामा जारी खेलमा भारतले २६ औं मिनेटमा फ्रिकिकमार्फत् गोल गरेका थिए । भारतले १–० ले अगाडिको स्थिति उल्टाउँदै ३३ औं मिनेटमा सावित्रा भण्डारीले गोल गर्दै बराबरी गरिन् । उनले हेडमार्फत् गोल गरेकी हुन् ।