धरान । पाँचौ महिला साफ च्याम्पियनसिप फुटबलको फाइलनमा नेपाल र भारत मध्यान्तरसम्म १–१ को बराबरीमा रोकिएका छन् ।

विराटनगरस्थित शहीद रंगशालामा जारी प्रतियोगिताको फाइलनमा भारतले २६ औं मिनेटमा गोल गर्दै अग्रता कायम गरेको थियो । भारतले फ्रिकिकमार्फत् गोल गरेको थियो भने । झण्डै ३० मिटरको लम्बाइबाट गरेको प्रहार सिधै जाली चुमेको थियो ।

१–० गोलले पछाडि परेको नेपालले खेलको ३३ औं मिनेटमा सावित्रा भण्डारीले गोल गर्दै बराबरी गरेकी थिइन् । उनले हेडमार्फत् सुन्दर गोल गरेकी थिइन् । पहिलो हाफको मध्यान्तरसम्म नेपालले गरेको बारम्बार प्रयासहरू खेर गएका थिए । भारतका खेलाडीले पनि नेपाली पोष्टमा दबाव सिर्जना गरेको थियो ।

उच्च मनोबलका साथ घरेलु मैदानमा उत्रिएको नेपाली महिला टोलीले उपाधि जिते प्रदेश १ सरकारले २ लाख रुपैयाँ र उपविजेता बनेमा १ लाख रुपैयाँ दिने घोषणा गरिसकेको छ । घरेलु दर्शकको साथ पाएको नेपालका खेलाडीले सोचजति खेल देखाउन सकेका छैनन् ।