भ्रष्टाचार आरोपी मिसेलद्वारा बयान दिन अस्विकार

alt
  • चैत्र १०, २०७५
  • ११६ पटक पढिएको
  • रासस/सिन्ह्वा

रियो डि जानेरो/ भ्रष्टाचारको आरोपमा पक्राउ परेका ब्राजिलका पूर्व राष्ट्रपति मिसेल टेमरले बयान दिन अस्विकार गरेको छ ।

बयान लिनका लागि उनलाई सोधिएका प्रश्नहरुमा उनले मौन बसेर कुनैपनि प्रश्नको उत्तर नदिएको स्थानीय अधिकारीहरुले बताएका छन् ।

आफूमाथी लागेको आरोप अस्विकार गर्दै आएका मिसेललाई बिहीबार पक्राउ गरिएको थियो, भने शुक्रबार उनीसँग बयान लिने प्रयास गरिएको थियो ।

प्रश्नहरुको उत्तर नदिने उनको निर्णयलाई “मौन बस्न पाउने अधिकार”को अभ्यासका रुपमा लिइएको छ ।
उनले पक्राउ परेपछिको रात संघीय प्रहरी मुख्यालयको हिरासत कक्षमा बिताएको अधिकारीहरुले जनाएका छन् । उनलाई साओ पाउलोस्थित आफ्नै निवासमा रहेकै बेला पक्राउ गरिएको थियो ।

राजनीतिकर्मी र कर्मचारीतन्त्रका बिचमा तालमेल गरेर सन् २०१४ मा अनियमितता गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।

पूर्वराष्ट्रपति टेमर सन् २०१६ को अगस्टदेखि सन् २०१८ को डिसेम्बरसम्म ब्राजिलको राष्ट्रपति बनेका थिए । पदमा बहाल रहेकै बेला उनलाई भ्रष्टाचारको आरोप लागेपछि पदमुक्त भएका थिए ।

उनलाई भ्रष्टाचार अपराध, आपराधिक संगठन र सम्पत्ति शुद्धिकरणका विषयमा थप छानविन गर्नका लागि पक्राउ गरिएको प्रहरी अधिकारीहरुले बताएका छन् । यस्तै आरोप अन्य राजनीतिज्ञहरु पनि पक्राउ परेका छन् ।

सङ्घीय संसद्को अधिवे

  काठमाडौँ / राष्ट्रपति विद्यादेवी भण्डारील

लिम्बुवान नभएसम्म लड

पाँचथर / संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय ल

मलद्वारभित्र लागु औष

विराटनगर  /  अवैध लागूऔषध तस्करी गर्ने गिरोहल


हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved