धरान / नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा कार्यकर्ताहरु धमाधम पक्राउ पर्न थालेका छन् ।
पछिल्लो समय कोशी व्युरो इञ्चार्ज घनश्याम श्रेष्ठ (पुस्कर)सहित २ जना पक्राउ परेका छन् । श्रेष्ठसँगै आकाश शर्मा मोरङबाट पक्राउ परेको बताइएको छ ।  श्रेष्ठ र शर्मा पक्राउ परेको बारे प्रहरीले सावैजनिक गरेको छैन्र । ।

यसअघि प्रहरीले नेकपाको मध्यकमाण्ड इञ्चार्ज हेमन्तप्रकाश ओलीसहित ९ जनालाई पक्राउ गरिसकेको छ ।  घनश्याम श्रेष्ठ माओवादी जनयुद्धका बेला ब्यूरो सदस्य थिए । शान्ति प्रक्रियामा आएपछि उनले मिर्मिरे एफएमको प्रशासनिक जिम्मेवारी समेत सम्हालेका थिए । हाल भने विप्लव समुहको कोशी व्यूरो हेर्दै आएका थिए ।