काश्मिर आत्मघाती हमलामा हाम्रो संलग्नता छैन – पाकिस्तान

alt
  • चैत्र १४, २०७५
  • २६९ पटक पढिएको
  • रासस/एएफपी

इस्लामाबाद ।  पाकिस्तानमा हालैका दिनहरुमा पक्राउ परेका व्यक्तिहरुसँग भारत नियन्त्रित काश्मिरको पुलवामामा गत महिना भएको आत्मघाती आक्रमणबीच कुनै सम्बन्ध नरहेको पाकिस्तान सरकारले जनाएको छ । 

उक्त आक्रमणपछि भारतले पाकिस्तानी अधिकारीहरुलाई शंकास्पद ९० जना व्यक्ति तथा २२ वटा शंकास्पद तालिम केन्द्रहरुको सूची पठाएको थियो । तर पाकिस्तानी विदेश मन्त्रालयले भारतले उपलब्ध गराएका व्यक्ति तथा स्थानसँग पुलवामा घटनाको कुनै सम्बन्ध नपाइएको जनाएको छ । 

“हामीले ५४ जनालाई पक्राउ गरी सोधपुछ र अनुसन्धान गर्यौं तर पुलवामा घटनामा ती कसैको संलग्नता पाइएन,” विदेश मन्त्रालयले जनाएको छ । “यसैगरी, भारतले दिएका २२ वटा ठाउँको पनि अनुसन्धान गरियो, तर त्यस्तो केन्द्र कतै पाइएन ।” 

पाकिस्तानी विदेश मन्त्रालयको विज्ञप्तिमा भारतले शंका गरेका ठाउँहरुमा भ्रमणको अनुमति दिन पाकिस्तान सकारात्मक रहेको जनाइएको छ । 

पुलवामा घटनापछि भारत र पाकिस्तानबीच तनाबको स्थिति उत्पन्न भएको थियो । पुलवामा घटनामा भारतीय सशस्त्र फौजका ४० जवानको मृत्यु भएको थियो । पाकिस्तानमा आश्रय लिइरहेको जैस–ए–मोहम्मदले उक्त घटनाको जिम्मेवारी लिएको थियो । 

पाकिस्तानले भने भारत नियन्त्रित काश्मिरको पुलवामा भएको घटनामा आफ्नो संलग्नता नरहेको पटकपटक दोहोर्याएको छ । 

यसै महिनाको शुरुमा इस्लामाबादले अन्तर्राष्ट्रिय दबाबपछि सम्भावित लडाकू समूहहरुको खोजीका लागि देशव्यापी कारबाही गरेको थियो । यसक्रममा पाकिस्तानले केही व्यक्तिलाई पक्राउ गर्नुका साथै मस्जिदहरु र क्लिनिकहरु बन्द गरेको थियो । 

व्यस्त सहरका मस्त मा

धरानकाे भानु चाैकमा रहेकाे यात्रु प्रतिक्षालय अथवा विश्

हरियो चुरा र मेहन्दी

युवतीहरूलाई यतिबेला साउन लागेको छ । हरियो चुरा र मेहन्द

एनिमेसन स्टुडियोमा आ

टोकियो/ जापानको क्योटो शहरमा रहेको एक भवनमा रहेको एनिमे

‘पिण्डेश्वर देवताकै

साउनको महिना शुरु भएसँगै शिव मन्दिरहरूमा चहल–पहल


हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved