गाजा / इजरायलको सिमानामा पर्नेे गाजामा प्रदर्शनका क्रममा गत एक बर्षमा कम्तीमा २६६ जनाको मृत्यु भएको छ भने अरु ३० हजार जना घाइते भएका छन् । 

गाजास्थित प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार मृत्यु भएका मध्ये ५० जना बालबालिका रहेका छन् । 
त्यसैगरी छ जना महिला, एक जना बृद्ध, तीन जना स्वास्थ्यकर्मी र दुई जना पत्रकार पनि मारिएको मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख छ । 
सिन्ह्वालाई प्राप्त मन्त्रालयको वक्तव्यमा घाइतेहरुको संख्या ३० हजार ३९८ रहेको उल्लेख गरिएको छ । ती मध्ये १६ हजार २७ जनालाई अस्पताल लगिएको थियो भने ५३६ जना गम्भीर घाइते भएका थिए । 
सोही अवधिमा दुई जना इजरायली सैनिकको पनि मृत्यु भएको अधिकारीहरुले शुक्रबार जनाएका छन् । 
प्यालेष्टिनी समूहले इजरायली सीमानामा आगलागी गराउन १९ सय ६३ बेलुन गाजाबाट इजरायल तर्फ उडाएका र यसबाट आठ हजार ‘एकर्ड‘भन्दा धेरै जमिनमा असर पारेको थियो ।