शहरी सेवा सुधारका लागि विश्व बैंकले १० करोड डलर दिने

alt
  • चैत्र १९, २०७५
  • ११५ पटक पढिएको
  • रासस

ढाका /  बङ्गलादेशको राजधानी ढाका शहर र वरपरका शहरी क्षेत्र सुधारका लागि विश्व बैंकले १० करोड अमेरिकी डलरको आयोजनालाई स्वीकृत गरेको छ । 
ढाका साउथ सिटी कर्पोरेसन अन्तर्गत राजधानी र चार ठूला शहरी क्षेत्रमा सार्वजनिकस्थल तथा शहरी सेवा सुधारका लागि ल्याइएको उक्त आयोजनाबाट करिब १० लाख नागरिकले प्रत्यक्ष लाभ लिने बताइएको छ । 
‘ढाका सीटी नेइभरहुड अपग्रेडिङ आयोजना’ ले राजधानी र चार छिमेकी शहरी क्षेत्रमा पार्क, खेल मैदान, खुला स्थान, तटीय क्षेत्र, सडक, फुटपाथ र सार्वजनिक भवन साथै सामुदायिक केन्द्रमा सवै प्रकारका शहरी सुविधा बिस्तार गरिने जनाएको छ । 
वासिङ्टनस्थित दाता संस्थाले सोमबार आयोजना स्वीकृत भएको जानकारी दिँदै भनेको छ, “आयोजनाले प्राकृतिक जीवन जीउन बञ्चित रहँदै आएका विशेष गरी महिला, युवा, वृद्धवृद्धा र अपाङ्गता भएका नागरिकहरूलाई सहजरूपमा सार्वजनिक सुविधाको अभाव हुन नदिनेगरी कार्यक्रमहरू अघि बढाइने छ ।” 
बङ्गलादेशका लागि राजधानी ढाका महत्वपूर्ण आर्थिक केन्द्र हो । विश्व बंैकका बङ्गलादेश तथा भूटानका लागि निर्देशक रोबर्ट साउमले भgने, “बङ्गलादेशको पाँच भागको एक हिस्सा कुल ग्राहस्थ उत्पादन राजधानी ढाकामा निर्भर रहन्छ भने यहाँको औपचारिक रोजगारीको झण्डै आधा जनशक्ति यहाँ छ ।” 
उनले भने, “सन् १९८० मा तीस लाख जनसङ्ख्या रहेको ढाका जसलाई अहिले एक करोड ८० लाख जनसङ्ख्या रहेको छ । तर यसका प्राय आधारभूत संरचनाहरू दशकौँ पूरानो अवस्थामा नै रहँदै आएका छन् ।” 
“विश्वव्यापी अनुभवले समृद्ध जीवनशैलीका लागि नगर क्षेत्रका स्थानहरूमा समायोचित सुधार हुनु जरूरी भएको देखाउछन् । आयोजनाले ढाका र वरपरका वासिन्दालाई आधुनिक जीवनका लागि आबश्यक वातावरण निर्माण गर्ने विश्वास लिइएको छ ।” 
आयोजनाले शहरमा हरियाली तथा खुला स्थानको निर्माण गर्ने र बगैँचा, सडक र तटीय क्षेत्रहरूमा सुधारको प्रत्याभूत गराउने विज्ञप्ति उल्लेख छ । 
बहुउद्देश्यीय सामुदायिक केन्द्रहरूको निर्माणले वातावरणमैत्री विशेषता र उर्जामैत्री पूराना तथा नया मूल्यमान्यतालाई जोगाउँदै अघि बढ्ने उनले बताए । 

व्यस्त सहरका मस्त मा

धरानकाे भानु चाैकमा रहेकाे यात्रु प्रतिक्षालय अथवा विश्

हरियो चुरा र मेहन्दी

युवतीहरूलाई यतिबेला साउन लागेको छ । हरियो चुरा र मेहन्द

एनिमेसन स्टुडियोमा आ

टोकियो/ जापानको क्योटो शहरमा रहेको एक भवनमा रहेको एनिमे

‘पिण्डेश्वर देवताकै

साउनको महिना शुरु भएसँगै शिव मन्दिरहरूमा चहल–पहल


हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved