सिरहा / सिरहा जिल्लाको कर्जन्हा नगरपालिकामा बगहा चौकमा राखेको मोटरसाइकलमा अज्ञात व्यक्तिले आगजनी गरेका छन् ।
कर्जन्हा नगरपालिका वडा नं. ११ स्थित बगहाचौकमा बोटको छेउमा राखेको मोटरसाईकलमा आगजनी गरेको हुन । कर्जन्हा नगरपालिका वडा नम्बर ९ वस्ने दिलिपकुमार साहको ज.२प ६८०४ नं. को पल्सर मोटरसाईकलमा आगजनी भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका इन्स्पेक्टर) दिनेश गौतमले जानकारी दिए ।
उनका अनुसार उक्त मोटरसाइकल धनी मोटर साइलक राखेर लहान कामको लागी आएका थिए । राती ९ बजे उक्त मोटरसाईकलमा आगजनी भएको बताइएको छ ।