दक्षिण कोरियाले ल्यायो फाइब–जी दूरसञ्चार सेवा

alt
  • चैत्र २१, २०७५
  • ३०७ पटक पढिएको
  • ब्लाष्ट खबर

सियोल/ दक्षिण कोरियाले विश्वमै पहिलो पूर्ण–विकसित पाँचौं पुस्ताको मोबाइल नेटवर्क विकास गरेको जनाएको छ । तीव्र गतिको यस प्रविधिले मोबाइलबाट डाटा ट्रान्सफरमा अभूतपूर्व फड्को मार्नेछ ।

पाँचौं पुस्ताको ताररहित यस प्रविधिले मोबाइलमा कुराकानी मात्र होइन, पाउरोटी सेकाउने टोस्टर मेसिनदेखि टेलिफोन, विद्युतीय कारदेखि विद्युत् प्रसारण लाइनसम्मको व्यवस्थापनमा सघाउनेछ । तर दक्षिण कोरियाको यस प्रविधिले संयुक्तराज्य अमेरिका र चीनबाट ठूलै चुनौतीको सामना गर्नु पर्नेछ । नवीन प्रविधि विकासमा दक्षिण कोरिया समकालीन विश्वमा निकै अघि मानिन्छ ।

कोरियाको यो पछिल्लो प्रविधि हालको चौथो पुस्ताको मोबाइल प्रविधिभन्दा झण्डै २० गुणा ज्यादा तीव्र वेगको हुनेछ । पाँचौं पुस्ताको प्रविधि प्रयोगबाट एक सेकेण्डभन्दा कम समयमा एउटा सिङ्गो चलचित्र डाउनलोड गर्न सकिनेछ । पाँचौं पुस्ताको नेटवर्कका कारण चालकविहीन सवारी साधनदेखि विविध किसिमका विद्युतीय उपकरण स्वचालित रूपमा चलाउन सहज हुनेछ । औद्योगिक रोबोट, ड्रोन र अरु इन्टरनेट आधारित उपकरण चलाउन यस प्रविधिले सहजता ल्याउनेछ ।

एक अध्ययनअनुसार पाँचौं पुस्ताको मोबाइल नेटवर्कका कारण सन् २०३४ सम्ममा विश्व अर्थतन्त्रमा करिब ५ खर्ब ६५ अर्ब अमेरिकी डलरको कारोबार हुनेछ । संयुक्तराज्य अमेरिकाले चीनको हुवावेमाथि पाँचौं पुस्ताको टेलिकम नेटवर्क खरिद नगर्न विश्व समुदायलाई आग्रह गरिरहेको छ । तीव्र गतिको इन्टरनेटका कारण चीनले विश्वबाटै महŒवपूर्ण सूचना सङ्ग्रह गर्ने अमेरिकी दाबी छ । तर चिनियाँ कम्पनी हुवावेले अमेरिकी दाबी असत्य रहेको जनाएको छ । हुवावेले पनि पाँचौं पुस्ताको दूरसञ्चार प्रविधि विकास गरिसकेको छ ।

कोरियाले पाँचौं पुस्ताको टेलिकम प्रविधि विकास गरेको घोषणा गरेकै दिन सामसुङ इलेक्ट्रोनिक्सले पनि पाँचौं पुस्ताको टेलिकम प्रयोग गर्न मिल्ने ग्यालेक्सी एस १० स्मार्टफोन सार्वजनिक गरेको छ । दुई सातापछि नै एलजीले पनि भी ५० मोडेलको नयाँ स्मार्टफोन सार्वजनिक गर्दैछ । तर यी स्मार्टफोनको बजार मूल्य बढी हुनेछ ।

यसै वर्षको अन्त्यतिर ३० लाखभन्दा बढी कोरियालीले पाँचौं पुस्ताको टेलिकम सेवा लिन थाल्ने के.टी. कम्पनीका उपाध्यक्ष ली पिल–जाईले बताए । कोरियामा हालसम्म कुनै पनि कम्पनीले पाँचौं पुस्ताको टेलिकम सेवा देशभर उपलब्ध गराएका छैनन् । अमेरिकामा पनि केही स–साना क्षेत्रमा यस्तो सेवा उपलब्ध हुन थालेको छ र यो सेवा वाईफाईबाट मात्र उपलब्ध हुन्छ । कतारको टेलिकम कम्पनी उरेडुले दोहामा पाँचौं पुस्ताको टेलिकम सेवा प्रदान गर्न थालेको छ, तर फाइब–जी सेवा सञ्चालन गर्ने उपकरणको अभाव छ ।

अमेरिकी कम्पनी भेरिजोनले अर्को सातादेखि अमेरिकी शहरहरू सिकागो र मिनियापोलिसका मोबाइल उपभोक्ताका लागि पाँचौं पुस्ताको टेलिकम सेवा उपलब्ध गराउँदैछ । यसै वर्षको अन्त्यसम्ममा देशका ३० भन्दा बढी शहरमा यो सेवा प्रदान गरिने कम्पनीले जनाएको छ । जापानमा पनि सन् २०१९ भित्रै सीमित क्षेत्रमा फाइब–जी सेवा उपलब्ध गराउने योजना अघि सारिएको छ । अर्को वर्षको टोकियो ओलम्पिक्सअघि नै फाइब–जी सेवा पूर्ण रूपमा उपलब्ध गराउने जापानको तयारी छ ।

म करोडको गाडी चढ्दिन ...

धरान/ मङ्सिर १४ को उपनिर्वाचनको मिति नजिकिँदै जाँदा धरा ...

डाँगीहाट गोल्डकपको त ...

लक्ष्मीमार्ग/ डाँगीहाट गोल्डकपको तेस्रो संस्करण कार्तिक ...

विश्वकर्मा मन्दिर न ...

देउराली । तिनकुने विश्वकर्मा मन्दिर नजिकै सवारी दुर्घटन ...

गार्डेनलाई फुटसलको उ ...

धरान/ दशैं–तिहार खुल्ला फुटसल प्रतियोगिताको उपाधि ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved