कुखुराको चल्ला उपचार गर्न अस्पताल लैजाने बालकलाई सम्मान

alt
  • चैत्र २२, २०७५
  • ९६४ पटक पढिएको
  • ब्लाष्ट खबर

काठमाडाैं/ आफ्नो साइकलले किचेको चल्लालाई अस्पताल लैजाने बालकलाई स्कुलले सम्मान गरेको छ । भारतको मिजोरम राज्यका ६ वर्षीय बालक डेरेकले आफूले साइकल चलाउँदै गर्दा साइकलले छिमेकीको चल्ला किचेपछि उक्त चल्ला लाई नजिकैको अस्पताल पुर्याएका थिए । डेरेकले चल्लालाई लिएर सुरुमा आमा बुवासँग पैसा मागेका थिए ।

आमाबुवाले चल्ला मरेको बताए र पैसा दिएनन् । त्यसपछि उनले आफूसँग भएको १० रुपैयाँ र चल्ला लिएर चल्लाको उपचार गर्न अस्पताल गएका थिए । तर चल्ला भने मरि सकेको थियो । अस्पतालकी नर्ससँग उनले चल्लाको उपचार गरिदिन अनुरोध गरे । नर्स बच्चाको त्यो भनाइ सुनेर अचम्भित र भावुक बनिन् । त्यसपछि उनले बच्चाको तस्बिर लिइन् ।

सामाजिक संजालमा पोस्ट भएको उक्त तस्बिर सामाजिक संजालमा भाइरल भयो । उक्त फोटो हेर्नेहरु सबै भावुक बने भने उक्त फोटोले बच्चाको कोमलता संगै मानवताको संदेश पनि दिइ रहेको छ । बच्चाको उक्त सोंच र कामलाई उनले पढ्ने स्कुलले दोसल्ला ओढाएर र सम्मान प्रमाणपत्र दिएर उनको सम्मान गरेको छ । यो तस्बिर यतिखेर भारतका साथै धेरैतिर भाइरल बनेको छ ।

साभारः सिधाकुरा नेपाल डटकम

प्रदेश १ को बजेट ४२

विराटनगर /  १ नम्बर प्रदेश सरकारले आर्थिक वर्ष २०७

उर्लाबारी सरकारले 'ज

उर्लाबारी / उर्लाबारी नगरपालिकाले धिमाल जातिहरुको

हात्तिसार क्याम्पसको

धरान / धरानको पर्यटकीय क्षेत्र विजयपुरस्थित केन्द्


हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved