धरान / धरान– १३ स्थित जिरोपोइन्टमा ना ६ ख २७१३ नम्बरको बस यात्रुवहाक बस दुर्घटना हुदा चालकसहित ४ जनाको मृत्यु भएको छ ।
मृतक चालक धरान ८ का चक्रबहादुर गुरुङ रहेका छन् । अन्यको भने पहिचान हुने सकेको छैन् । मृत्यु हुनेमा एक बच्चा, एक जना महिला र एक वृद्ध रहेको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्थायी प्रहरी पोष्टले जनाएको छ ।

IMG_20190408_133055 copy
बसमा च्यापिएर दुई जनाको घट्नास्थलमै मृत्यु भएको थियो । बस पल्टिएर विजुलीको पोलमा ठोकिएको थियो । च्यापिएका यात्रुहरुलाई जेसिविको साहयताले निकालिएको थियो ।

IMG_20190408_132740 copy
३० जना भन्दा बढि घाइतेहरुको प्रतिष्ठानको आकास्मिक कक्षमा उपचार भइरहेको सई दुर्गा पराजुलीले बताए । एक बालकसहित ४ जनाको अवस्था गम्भीर रहेको चिकित्सकले जनाएका छन् । मृत्यु हुनेको संख्या बढ्न सक्ने बताइएको छ ।
धनकुटाको चौबिसे गाउँपालिकास्थित ६ नम्बर बुधबारेबाट धरान आउदै गर्दाै दुर्घटनामा परेको थियो । बस ब्रेक फेल भएका कारण दुर्घटना भएको प्रहरीले अनुमान गरेको छ । आधिकांश घाइतेहरु धनकुटा बुधबारेका रहेको बताइएको छ ।

IMG_20190408_133007 copy प्रतिष्ठानको आकस्मिक कक्षमा भीड
प्रतिष्ठानको आकस्मिक कक्ष घाइतेहरुले भरिएको छ । घाइतेहरुलाई उपचार गर्ने स्थान र बेडको अभाव भएको छ । अन्य विभागबाट थप नर्स तथा चिकित्सक ल्याएर घाइतेको उपचार भइरहेको आकास्मि

blast

क कक्षका विभागीय प्रमुख डा. ज्ञानेन्द्र मल्लले जानकारी दिए ।