विराटनगर /  १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले नयाँ वर्षसँगै प्रदेशको नाम र राजधानी टुंगो लाग्ने बताएका छन् ।
प्रदेशको राजधानी र नामकको विषयमा प्रदेश सभामा छलफल गरि नयाँ वर्षको सुरुवातीसँगै टुंगो लाग्ने मुख्यमन्त्री राईले बताए ।
प्रेस चौतारी र प्रेस सेन्टर मोरङले विराटनगरमा सोमबार आयोजना गरेको कृष्णप्रसाद सिग्देल युवा पत्रकारिता पुरस्कार वितरण समारोहमा बोल्दै मुख्यमन्त्री राईले आवधिक योजनाको काम तिव्र गतिमा अगाडी बढेको जानकारी दिए । ‘वैशाख १५ सम्ममा आवधिक योजनाको काम सम्पन्न गर्दछौं,’ मुख्यमन्त्री राईले भने, ‘त्यसपछि विकासको कामलाई अगाडी बढाउँछौं ।’ एक वर्षको अवधिमा संचरना निमार्णको काम मात्र भएको भन्दै मुख्यमन्त्री राईले अब परियोजनाको कामम अध्ययन गरेर विकासको काम अगाडी बढने बताए ।
मुख्यमन्त्री राईले प्रदेश नम्बर १ मा पनि लगानी सम्मेलन गरिने जानकारी दिए । ‘लगानी सम्मेलन गर्दैर्छौं’, उनले भने, ‘आवश्यक कानुनको निर्माण भइरहेको छ । वैशाख १५ भित्र आवधिक योजनाहरू बनाइसक्छ । सबै गृहकार्य सकिएपछि लगानी सम्मेलन गरिनेछ ।’ स्वदेशमै लगानीको वातवरण सृजना गर्न लगानि सम्मेलन गर्ने जानकारी दिदै मुख्यमन्त्री राईले विदेशी लगानी भित्रयाउने पनि बताए ।
सोही अवसरमा यस वर्षको कृष्णप्रसाद सिग्देल युवा पत्रकारिता पुरस्कार विराटनगरका पत्रकार सुमन सुस्केरालाई प्रदान गरिएको छ । ११ हजार १ सय ११ रुपैयाँ राशिको पुरस्कारबाट सुस्केरालाई पुरस्कृत गरिएको हो ।
क्याप्सन ः पत्रकार सुमन सुस्केरालाई पुरस्कृत गर्दै मुख्यमन्त्री शेरधन राई ।