विश्वमा मौसमी जलवायु परिवर्तन निरन्तर भइरहेको छ । औषत वायुमण्डलीय तापक्रम बढेको छ, पछिल्ला केही वर्षयता । यसको निरन्तरता रहिरहने अपेक्षित छ । यदि औद्योगिक एवम् विकसित मुलुकहरूले हरितगृह ग्यास उत्सर्जन वातावरणीय वायुमण्डलमा घटाउने प्रयास गरेनन् भने दुःखलाग्दो अवस्था यो पनि छ । कम तथा अति कम विकसित मुलुकहरू जसले विश्वस्तरीय तापक्रम वृद्धि गराउनमा न्यून योगदान गरेका छन् । ती मुलुकहरू नै यसबाट उत्पन्न हुने दुष्प्रभावको जोखिममा छन् । खासगरी त्यस्ता रोगव्याधीहरूबाट जुन बढ्दो तापक्रमका कारण सतहमा देखिन्छन् । विश्वव्यापीकरण तथा जलवायुमा हुने मौसमी परिवर्तनका कारण विश्वव्यापी रूपमा जलवायुमा हुने मौसमी परिवर्तनका कारण विश्वव्यापी रूपमा नयाँखाले तथा पुनः देखिन थालेका पशुपंक्षीजन्य रोग तथा जुनेशीसलाई अकल्पनीय प्रभाव पार्दैछ ।

मौसमी जलवायु परिवर्तनले प्राकृतिक पर्यावरण प्रणालीलाई असर पारी सङ्क्रामक रोगहरूका कारक तŒवहरू जस्तैः ब्याक्टेरिया, भाइरस, ढुसी, परजीवीहरूका उपयुक्त वातावरण सिर्जना गर्नुका साथै यिनीहरूलाई नयाँ क्षेत्रहरूमा विस्तारित हुन सघाउँछ । जहाँ यिनीहरूले वन्यजन्तु र घरपालुवा पशुपंक्षीलगायत मानव जनसमुदाय को स्वास्थ्यमा कुप्रभाव पार्छ । यस्ता रोगहरू जुन मेरुदण्डीय अस्थीपञ्जर भएका पशुपंक्षी र जनसमुदायका बीचमा एक–आपसमा सर्ने साटासाट हुने रोगहरूलाई जुनोटिक रोग भनी परिभाषित गरिएको छ ।

जुनोटिक रोगहरू विशेष लाक्षणिक स्थान विशेष तथा विशेष प्रजातिमा प्राकृतिक रूपमा देखिने प्रवृत्तिका हुन्छन् । कुनै प्रकारले पर्यावरणीय परिवर्तन तथा जलवायुजन्य वा मौसमी घटनाहरूले यी रोगलाई महामारीको रूपमा अन्य आश्रयदाता तथा भौगोलिक क्षेत्रमा विस्तारित हुन सघाउँछ । विभिन्नखाले जुनेसेस रोगहरू मानिसमा विभिन्न प्रकारले सर्ने गर्दछन् । रोग प्रत्यक्ष सङ्क्रामकजन्य पनि हुनसक्छ या कुनै संवाहकद्वारा ओसार–पसार गरिएर पशुपंक्षी तथा जनसमुदायमा सर्न सक्छन् । यसका साथै खानेपानी तथा खानेकुराको माध्यमबाट पनी सर्न सक्छन् ।

प्रकटित हुने रोगहरू भर्खरै पत्ता लागेका हुनसक्छन् या देखिने घटना बढेको वा व्यापकता भएको या भर्खरै नयाँ भौगोलिक क्षेत्रमा या जलवायु सीमामा विस्तारित भएका वा पशुपक्षीका जनसंख्याबाट मानिसमा हाम्फालेका हुन सक्छन् । उदाहरणका रूपमा लाइम बौटेलियोसिस क्याट स्क्र्याच फिभर र ब्राटोनेलोसिस, फिफ्य डिजिज र पारभोभाइरस बी वाइनटिन एच.आई.भी., सार्स सिभियर एक्युट रेसपाइरेटोरी सिण्ड्रोम, मङ्की पकस एभियन इन्फ्लुएन्जा तथा वेस्ट नाइल भाइरसलाई लिन सकिन्छ ।

कुनै रोग पहिले पत्ता लागेका थिए भने कुनै एक प्रजातिमा र प्रायःजसो फाट्टफुट्ट तहमा तर केही कारणवश अप्रत्यासित रूपमा कुनै खास समयमा या कुनै खास भौगोलिक क्षेत्रमा फैलिएमा त्यस्ता रोगलाई पुनः प्रकटित रोग मानिन्छ । यी रोगका डरलाग्दो प्रभाव स्वास्थ्य तथा अर्थतन्त्रमा पर्दा यसले सम्पूर्ण पशुपंक्षीजगत् एवम् जनसमुदायलाई असर पु¥याउँछ तर यसको सबैभन्दा बढी बेफाइदा सबैभन्दा गरिव जनसमुदाय प्रभावित हुन पुग्दछ ।

यी डरलाग्दा सङ्क्रामक रोगहरूको वन्यजन्तु पशुपक्षि जनसमुदायमा देखिनु एउटा तत्काल महŒवपूर्ण विश्वव्यापी तापक्रममा हुने वृद्धिको दुष्परिणामको रूपमा लिन सकिन्छ । वातावरणीय मौसममा हुने परिवर्तनले पशुपंक्षीबाट मानिसमा रोग सर्ने प्रणालीलाई असर पु¥याउँछ वा परिवर्तन गराउँछ । जलवायु तथा रोगहरूको प्रत्यक्ष सम्बन्ध तुलनात्मक रूपमा हुने गर्छ भन्ने कुरा अपेक्षाकृत रूपमा सजिलै पहिचान गर्न सकिन्छ । जनसमुदाय, पशुपंक्षीहरू तथा बोट बिरुवा हुने गर्मीजन्य तनावको कारण अत्यधिक वातावरणीय तापक्रममा हुने वृद्धिलाई मानिन्छ । जलवायुको परिवर्तनशीलको जटिल प्रत्यक्ष परिणाम को भिन्नता देखाउनु बढो कठिन हुन्छ । यिनमा जीवाणु जो रोग लगाउने कारण बन्दछ, जसले रोगको प्रसारण गर्छ जसलाई संवाहक भनिन्छ । जनावर जस्ले रोगहरुका जीवाणुलाई भण्डारण त गर्दछन् तर रोगको लक्षण आफै भने देखिँदैन ।

त्यस्ता जनावरको शरीरको कुन अङ्गको कुन तन्तुमा रोगको आश्रयस्थल हुन्छ र रोगले पीडितको कुन प्रणाली, अङ्ग र तन्तुमा असर पु¥याउँछ । सबैकुरा समावेश भएका हुन्छन् यो कुरा त प्रष्ट छ कि धेरै वन्यनन्तु जन्य तथा घरपालुवा पशुपंक्षीजन्य रोगहरू मौसमअनुसार देखा पर्दछन् । जलवायु परिवर्तनमा हुने परिवर्तनशीलताले वन्यजन्तु तथा पशुपक्षीको जनसङ्ख्यात्मक घनत्वमा असर पार्दछ । यी गतिविधिले रोगको प्रसारण पशुपंक्षीको जनघनत्वभित्र साथ साथै अरु जनावरलाई या जनसमुदायमा असर पु¥याउँछ ।

जलवायु परिवर्तनले प्रजनन्जन्य सफलतालाई असर पार्ने हुँदा केही प्रजातिको जनसङ्ख्यात्मक जनघनत्वमा असर देखाउँछ । अतः जुनोटिक रोग फैलिने सम्भावना बढ्न सक्ने हुन्छ । जति बढी पशुपंक्षी रोगबाट ग्रसित हुन्छन्, त्यति नै एउटै प्रजातिभित्र र विभिन्न प्रजातिबीच हुने सम्पर्कका कारण रोगको प्रसारण बढेर जान्छ ।

यदि जलवायु परिवर्तन भएछ भने तातो चिसो पानीको प्रयोग तथा समुद्रको सतह प्रभावित हुनेछ । धनी मुलुकले औषत मूल्य कमै व्यहोर्नु पर्ला र यस असरको विभिन्न क्षेत्रले भोग्नुका साथै बढी मूल्य व्यहोर्नुपर्ने हुन्छ र अरुले यसबाट बढी फाइदा लिनेछन् । केही गरिब मुलुकले जलवायु परिवर्तनमा असर पुग्ने कुनै गतिविधि नगरे पनि यसको चर्को मूल्य व्यहोर्नुपरेको छ । जे जस्तो भए पनि ढिलो–चाँडो जलवायुमा हुने परिवर्तनले पशुपंक्षी जनसमुदायमा ठूला असर पार्छ नै । प्राकृतिक वातावरणमा प्राकृतिक दैवीप्रकोपको भूमरीमा पर्नेछ । जुन हामी हालको वर्षाले निम्त्याएको बाढी पहिरोको हामीले प्रत्यासित प्रकोप भोगिराखेका छौं ।

जलवायु परिवर्तनको विरुद्ध हाम्रो नीतिमा हामीले वायुमण्डलमा कार्वनडाईअक्साइडको मात्रा जति थपिराखेका छौं, त्यसलाई कसरी घटाउन सकिन्छ भन्नेमा केन्द्रित हुनुपर्ने हुन्छ । जुन हामी कोइला बालेर, पेट्रोल, डिजेल तथा प्राकृतिक ग्यास बालेर वायुमण्डलमा दैनिक रूपमा थपिराखेका छौं । अब हामी एकजुट भई विश्वव्यापी तापक्रम वृद्धि विरुद्ध लाग्नुपर्नेछ । अनिमात्र हामी स्वच्छ वातावरण अनि सबैखाले जीवजन्तु बोटबिरुवाका तथा जनस्वास्थ्यको सुरक्षाको अनुभूति गर्न पाउनेछौं, नत्र यो आगोले दैव हो या दैत्य कसैलाई छाड्ने छैन ।
(लेखकः पशु स्वास्थ्य व्यवस्थापनविज्ञ हुन् ।)