धरान / धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको इतिहासमा सबै भन्दा ठूलो विपतको सामना सोमबार गर्नु परेको बताएको छ ।
धरानमा हिजो चालकसहित ४ जनाको ज्यान जाने गरि भएको बस दुर्घटनाका ४७ जना घाइते एकै समयमा प्रतिष्ठानमा लगिएको थियो । १५ जना भन्दा बढि गम्भीर प्रकृतिको भएको प्रतिष्ठानका आकस्मिक कक्षका विभागीय प्रमुख डा.ज्ञानेन्द्र मल्लले जानकारी दिए ।
उनका अनुसार घाइते ल्याउनु भन्दा १० मिनेट अगाडी सूचना पाएर सबै व्यवस्थापन गरिएको थियो । ‘त्यसै विमारीको चाप र उपचार गर्ने स्थान अभावको समस्यामा थियौं । यतिका संख्यामा घाइते थपिए । सबै विभागका चिकित्सक तथा नर्सहरुको सकृयतामा विपतिलाई सामना ग¥यौं ।’–डा. मल्ले भने– प्रतिष्ठानको इतिहासमा यो ठूलो विपतको सामाना थियो ।
उनका अनुसार ४७ जना घाइतेको उचार भएको छ । अहिले पनि आकस्मिक कक्षमा धेरै घाइतहरुेको उपचार भइरहेको छ । ४ जना घाइतेको आइसियु र २ जना बच्चाको पिआइसियुमा राखेर उपचार भइरहेको छ ।
४ जनालाई अस्पतालमा ल्याउदै गर्दा बाटोमै मृत्यु भएको थियो ।
१०÷१५ वटा एम्बुलेन्समा घाइतेहरु ल्याउने वितिकै प्रतिष्ठानले आपतकालिन साइरन बजाई थप जनशक्तिका लागि सबै विभागमा सर्कुलर गरेको थियो । ८ जना कन्सल्टेन्ट, ३० जना भन्दा बढि आकस्मिक विभागका चिकित्सक तथा ५० भन्दा बढि नर्सहरुले घाइतेहरुको उपचार गरेको प्रतिष्ठानका अस्पताल निर्देशक डा. गौरीशंकर साहले जानकारी दिए ।
‘हामीले तत्काल जिरो विलिङमा सबै घाइतेलाई उपचार गर्ने व्यवस्था मिलाएका थियौं । सबै विभागका चिकित्सक, नर्सहरुको सहयोगमा आकस्मिक रुपमा आएका विपतलाई सामाना गर्न सफल भयौं ।’–अस्पताल निर्देशक डा. साहले भने–‘हालसम्म प्रतिष्ठानको २ लाख भन्दा बढि खर्च भइसको छ ।’ पछि गाडी धनीसँगको सहकार्यमा हिसाव मिलान गर्ने उनले बताए ।
विपत व्यवस्थापनका लागि उपकुलपति डा. राजकुमार रौनियार, अस्पताल निर्देशक साह, रेक्टर डा. गुरुप्रसाद खनाल, मेडिसिन विभागका प्रमुख डा. संञ्जीवकुमार शर्मा, कार्डियो विभागका प्रमुख डा. प्रल्हाद कार्की, आकस्मिक विभागका प्रमुख मल्ल,हाडजोर्नी विभागका प्रमुख डा. पशुपति चौधरी, न्युरो सर्जन डा. अलोक दाहाल, पेरियाडिक सर्जन डा‍‌ राकेश साह बालराेग विशेषज्ञ डा‌ अरुणकुमार सि‌हलगायतको सकृय सहभागीता रहेको थियो ।
धनकुटाको चौबिसे गाउँपालिका ६ नम्बर बुधबारेबाट धरान आउदै गरेको बस हिजो दिउसो धरानको जिरोपोन्टमा दुर्घटना भएको थियो । शिवधारा कटेपछि बसको ब्रेक फेल भएको थियो । सुरक्षित अवतरण गराउन खोज्दा खोज्दै चालक चक्रबहादुर गुरुङले जिरोपोइन्टमा भएको सिमेन्टको फुटबलको प्रतिमामा ठोक्काएका थिए । यात्रुलाई जोगाउन खोज्दा उनको पनि ज्यान गएको थियो ।
घट्नामा चालकसहित धनकुटा चौबीसे–१ डाँडाबजारका दलबहादुर मगर, मोरङ केराबारी–९ की यामकुमारी मगर र ५ महिने बालिका डेनी मगरको मुत्यु भएको थियो ।