धरान / धरान–१३ जिरोपोइन्टमा ६ जनाको ज्यान जाने गरी तरकारी बोकेको गाडी दुर्घटना भएको १२ वर्षपछि उस्तै प्रकृतिमा यात्रुवाहक बस दुर्घटना भएको छ ।
सोमबार दुर्घटनाग्रस्त हुँदा पाँच महिने एक शिशुसहित चारजनाको ज्यान गएको छ भने ६ जना गम्भीर रहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुमनकुमार तिम्सिनाले जानकारी दिए । ४० जनाको विजयपुर हस्पिटल र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । मृत्यु हुनेमा धरान–१५ का चालक चक्रबहादुर गुरुङ, मोरङ केराबारी गाउँपालिका–९ की यमकुमारी मगर, उनको ५ महिने शिशु डिना मगर र धनकुटा चौबीसे–१ डाँडाबजारका दलबहादुर मगर छन् । ना. ६ ख २७१३ नम्बरको यात्रुबाहक बस धरान–१३ को श्यामभक्त पेट्रोल पम्पभन्दा एक सय मिटर मुनी आएपछि ब्रेक फेल भएको यात्रु चौबीसे–३ गढीगाउँका राजकुमार याक्खा ‘प्रेम’ ले जनाए । 
 
उनका अनुसार चालकले जोगाउन बारम्बार प्रयास गरेका थिए । तर, ओरालो भएकाले तीव्र गति भएका कारण जिरोपोइन्टमा आएर पल्टिन पुगेको उनले बताए । ‘पेट्रोल पम्पभन्दा मुनी आएपछि एकपटक घडक् ग¥यो । त्यहीबेला ब्रेक फेल भएको रहेछ’ उनले भने, ‘ड्राइभरले जोगाउन धेरै प्रयास ग¥यो । तर, सकेन ।’ अधिकांश यात्रुका अनुसार पेट्रोल पम्पभन्दा मुनी आइपुगेपछि नै ब्रेक फेल भएको थियो । ‘त्योभन्दा माथि त राम्रैसँग कुदिरहेको थियो’ ६ नम्बर बुधबारेका घाइते यात्रु मीनराज मगरले भने, ‘त्यसपछि त के भो, के भो । एक्कासि पल्टिँदा मात्रै थाहा भयो ।’ 
गम्भीर घाइतेमध्ये तीनजनाको आइसियुमा राखेर उपचार भइरहेको छ । गम्भीर घाइतेमा धनकुटा–४ का नरबहादुर परियार, हंसमाया मगर, मोरङ केराबारी–९ की भूमिका लिम्बू, चौबीसे गाउँपालिका–६ का पदम राई, ठेगाना नखुलेका तरनारायण गच्छदार र धनकुटा चौबीसे गाउँपालिकाकी माया मगर छन् । त्यसध्ये गच्छदार र मायाको विजयपुर हस्पिटलमा उपचार भइरहेको छ । धरान–१३ का वडाध्यक्ष नेत्र काफ्लेले यस्तै प्रकृतिको दुर्घटना करिब १२ वर्षअगाडि पनि सोही स्थानमा भएको बताए । ‘१२ वर्षअगाडि पनि तरकारी बोकेको गाडी त्यही ठाउँमा दुर्घटना भएको थियो’ उनले भने, ‘त्यो बेला ६ जना मान्छे मरेका थिए ।’ 
 
जिरोपोइन्ट क्षेत्रमा बर्सेनी साना–ठूला दुर्घटना भइरहने गरेको उनले बताए । गतवर्ष जिरोपोइन्ट भन्दा ५० मिटरमाथि पनि ब्रेक फेल भएर ट्रक दुर्घटनामा परेको थियो । सोही ठाउँमा डेढ वर्ष अगाडि मोटरसाइकल दुर्घटनामा धरान–८ का एक युवाको पनि ज्यान गएको थियो । धनकुटाको चौबीसे गाउँपालिका–१ स्थित ६ नम्बर बुधबारेबाट बिहान करिब ८ बजेतिर गाडी धरानका लागि छुटेको थियो ।
 
गाडीकाे किन ब्रेक फेल हुन्छ ?
 दुर्घटनाग्रस्त बस पूर्वाञ्चल यातायात व्यवसायी सङ्घमा आबद्ध रहेको छ । गाडी तातिएका कारण पनि ब्रेक फेल भएको हुनसक्ने यातायात क्षेत्रमा कार्यरत मजदुरले बताए । ब्रेक आयल र हावाको भरमा चल्छ । गाडी तातिएको बेलामा ब्रेक फेल हुने सम्भावना अत्यधिक हुने मेकानिकल प्राविधिक सागर राजब‌शीले बताए ।  उनका अनुसार उनका अनुसार पुराना गाडीमा यस्तो समस्या बढि हुन्छ । झन पहाडी इलाकामा चल्ने गाडी ठोक्किए । आवाको बक्स फुटेका कारण ब्रेक फेल हुने गर्छ । यो अगाडी थाहा हुदैंन । ओरालो स्थानमा ब्रेक फेलभए पछि गाडी रोक्ने कुनै उपाय हुदैंन । तर सम्मो स्थानमा ओट लगाएर रोक्न सकिने उनले बताए । 
दुर्घटनाग्रस्त बसले विद्युत्को पोलमा क्षति पु¥याएको थियो भने गाडी चालक गुरूङलाई च्यापिएको अवस्थामा उद्धार गरिएको थियो । उद्धारमा जेसिबी नै प्रयोग गर्नुपरेको डिएसपी तिम्सिनाले जानकारी दिए ।