धरान/ गायक राजेशपायल राईको नयाँ एल्बम् ‘दर्शन नमस्ते–४’ सार्वजनिक भएको छ ।
 
काठमाडौंमा आयोजित कार्यक्रममा संस्कृतिकर्मी भैरवबहादुर थापाले एल्बम् सार्वजनिक गरे । एल्बम्मा सातवटा गीत समावेश छन् । उत्तमजङ लिम्बू, डम्बर नेपाली, महेश खड्काले तीनवटा टाइटल गीतको शब्द/सङ्गीत तयार पारेका छन् ।
 
अन्य गीतहरू भद्रकला आङ्बुहाङ राई, विशाल हसिन राई, वसन्त सापकोटा र टीका चाम्लिङको शब्द तथा बादल लिम्बू, सन्तोषराज, महाराज थापासँगै वरिष्ठ सङ्गीतकार स्व.अम्बर गुरुङको सङ्गीत पनि रहेको छ ।