धरान/ नेपाल आइडलको पहिलो सिजनमा टप टेनसम्म पुग्न सफल गायिका प्रमिला राईले धरानमा प्रस्तुति दिने भएकी छन् ।

नयाँ वर्षको अवसरमा उनले धरान–१६ स्थित होटल लिङ्बारीमा प्रस्तुति दिने भएकी हुन् । कार्यक्रममा प्रमिलाको साङ्गीतिक प्रस्तुतिसँगै हाम्रो डान्स सेण्टर धरानको नृत्य प्रस्तुति रहने बताइएको छ ।