श्री शालिवाहनीय शाके १९४० वि.सं. २०७५ साल ने. सं. ११३९ चैत्र २९ गते शुक्रबार, १२ अप्रिल २०१९ । चैत्र शुक्लपक्षको सप्तमी तिथि १०ः४८ बजेसम्म, उप्रान्त अष्टमी, नक्षत्र आद्र्रा ७ः४३ बजेसम्म, उप्रान्त पुनर्वशु, चन्द्रमाराशि मिथुन, सूर्योदय ५ः४४ र सूर्यास्त ६ः२६ मा हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय सामान्यखालको छ । कार्य–व्यवसायमा केही समस्या आइपर्न सक्छ । अनावश्यक काममा फसिएला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीभाइहरूसित भेट हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
नयाँ कार्य–व्यवसायको शुभारम्भ हुनेछ । अवरुद्ध रहेका कामकाजहरू सुचारु हुनेछन् । रमाइलोसँग दिन बित्ला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । माया–प्रेमको सम्बन्ध विस्तार होला । शुभसमाचारले मन प्रसन्न बन्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
धन प्राप्तिको योग छ । नपत्याएका व्यक्तिबाट विशेष सहयोग मिल्ला । विशिष्ट व्यक्तिको साथ पाइएला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय सामान्यखालको छ । चोटपटक तथा दुर्घटनाको भय हुन सक्छ । सवारी साधनको प्रयोगमा सँवधानी अपनाउनु होला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय उत्तमखालको छ । सेवामूलक कार्यक्रममा संलग्न हुने अवसर मिल्ला । रमाइलो यात्राको योग छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
समय सामान्यखालको छ । शिर तथा आ“खासम्बन्धी समस्याले निकै सताउला । आर्थिक सङ्कटको सामना गर्नुपर्ला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
जग्ग–जमिन तथा भवनसम्बन्धी काममा रुचि बढ्नेछ  । महिला मित्रको विशेष सहयोग मिल्ला । मन प्रसन्न बन्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । समाजका गन्यमान्य व्यक्तिहरूसित रमाइलो भेट होला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
ठेक्का–पट्टा तथा पर्यटन व्यवसायमा मन जानेछ । नपत्याएका व्यक्तिहरूबाट उचित सहयोग मिल्ला । मन प्रसन्न बन्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अध्ययन–अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला  । अतिथि सेवा गर्ने अवसर मिल्ला ।