धनकुटा ।  धनकुटाको हिलेमा सनिवार (आज) देखी शुरु हुने दोश्रो हिले खाना महोत्सवको सम्पुर्ण तयारी पुरा भएको आयोजक संस्था हिले पर्यटन प्रवद्र्धन तथा पुर्वाधार विकास संस्थाले जनाएको छ ।
सनविार देखी वैसाख ४ गतेसम्म आयोजना हुने हिले दोश्रो खाना महोत्सवमा विशेष गरेर स्थानिय अर्गानिक मौलिक खानाको परिकारहरु आकर्षणको रुपमा रहने संस्थाका अध्यक्ष खगेन्द्र विष्टले बताए ।

उनले ५ दिनसम्म आयोजना हुने हिले दोश्रो खाना महोत्सवमा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको वेजोड प्रश्तुती रहने वताएका छन् । राष्ट्रिय कलाकार पुराना धनकुटेली लोक गायक सम्भु राई देखी लिएर चर्चित गायक÷गायिकाहरुको सांगितिक प्रश्तुती रहने बताएका छन् । विष्टले साथमा स्थानिय विभिन्न जातजाति समुदायको आ–आफ्नौ मौलिक संस्कृतिहरुको पनि प्रश्तुती रहने वताएका छन् ।


धनकुटा नगरपालिकाको आर्थिक सहयोग रहेको हिले दोश्रो खाना महोत्सवलाई थप व्यावस्थित् र व्यावसायिक बनाउनको लागी १५ वटा स्टलहरुमा विभिन्न खानाको परिकारहरुको रहने बताइएको छ । स्टलमा विशेष गरेर कोदोको ढेडो, फापरको ढेडो, कोदो तथा फापरको रोटी, गुन्द्रुकको अचार, किुनामाको अचार, सेलरोटी, कोदोको छ्याङ्ग, हिलेको तोङ्गवा, सिकुटी, लगायत अन्य लोकल मौलिक परिकारहरु प्रश्तुती रहने छ ।

साथमा हिले खासपासका पर्यटकिय स्थलहरुको अललोकन, साथै अरुण उपत्याका, जौटार सामुदायिक वन, वक्रकुण्ड, हिलेमा रहेका वौद्ध गुम्वाहरु, राम्चे डाँडा भ्यूटावर, संसार कै सवै भन्दा वढी प्रजातिको लालीगुराँस फुल्ने तिन्जुरे, मिल्के जल्जलेसम्म प्याकेजमा भ्रमण तथा अवलोकन गर्न सकिने सह–आयोजक संस्था क्षेत्रिय होटल एशोसिएशन धनकुटाका सदस्य फुर्वा घिसिङ्गले बताएका छन् ।

महोत्सवको समुद्धघाटन प्रतिनिधिसभा सांसद राजेन्द्र कुमार राईले गर्ने आयोजकले जनाएको छ ।