धनकुटा । धनकुटाको हिलेमा जारी १३ औं अन्तराष्ट्रिय रामनवमी कप खुल्ला भलिवल प्रतियोगिताको शुक्रबार सम्पन्न खेलमा झापा र नेपाल आर्मी भलिवल टिम, पुर्वाञ्चल भलिवल टिम र भोजपुर भलिवल टिम सेमिफाईनलमा प्र्रवेश गरेको छ ।

हिले माविको खेल मैदानमा भएको भलिवल प्रतियोगितामा झापाले भोजपुरलाई दोश्रो र तेश्रो सेटमा २५–१९ र २५–१६ को अन्तरमा पराजित गरेको थियो भने बेष्ट अफ थ्रिमा भएको पहिलो सेटमा भोजपुरले झापालाई २९–२७ को अन्तरमा हराएको थियो ।

त्यसैगरी नेपाल आर्मीको भलिवल टिम र पुर्वाञ्चल भलिवल टिम बिच भएको खेलमा आर्मीलाई पुर्वाञ्चल भलिबल टिमले आर्मीलाई २५–१६ र २५–२१ को अन्तरले सोझो सेटमा पराजित गरेको थियो । त्यसैगरी शुक्रबार नै भएको प्रतियोगितामा पहिलो सेटमा भोजपुर भलिवल टिमले पश्चिम बंगाल भलिवल टिमलाई २५–२३ को अन्तरले हराएको थियो भने दोश्रो सेटमा पश्चिम बंगाल टिमले २५–२२ को अन्तरमा भोजपुर भलिवल टिमलाई हराए पनि पुनः भोजपुर भलिवल टिमले पश्चिम वंगाल टिमलाई २५–१४ को अन्तरमा हराउँदै सेमिफाईनलको यात्रा सुनिश्चित गर्न सफल भएको छ ।

शनिबार  हुने सेमिफाईनल खेलमा झापा भर्सेज नेपाल आर्मी र पुर्वाञ्चल भलिबल टिम भर्सेज भोजपुर भलिवल टिम बिच प्रतिष्पर्धा हुने रेफ्री विनय राईले बताएका छन् । प्रतियोगितामा प्रथम हुने विजयी टिमले १ लाख र उप विजेताले ५१ हजार नगद सहित मेडल ट्रफी पाउने छन् ।