देउराली । धरानकाे चारकोशे जंगलस्थित  एडिबि खानेपनी पानीटंकी अगाडी  कोशी राजमार्गमा भएको सवारी दुर्घटनामा ३ जनाको घट्ना स्थलमै मृत्यु भएको छ । धरानबाटै इटहरी तर्फ आउँदै गरेको शुत्रबार राती साडे ११ बजे बा २० च ४०७६ कारले इटहरी नै आउँदै गरेको मे १ च ६६९२ नम्बरको ट्याक्टरलाई ठक्कर दिदा कारमा सवार ३ जनाको घट्ना स्थलमै मृत्यु भएको १ नम्बर प्रदेश ट्राफिक प्रहरीले जनाएको छ ।
 
 कारमा सवार ४ मध्ये इटहरी ४ का मदन लिम्बु , इटहरीकै ५ अनिल श्रेष्ठ, महालक्ष्मी नगरपालिका ४ धनकुटाका जनक बुढाथोकीको मृत्यु भएको हो । कार चालक सन्दर हरैचाका गोविन्द बस्नेत गम्भिर घाईते भएको ट्राफिक प्रहरीले जनाएको छ । ट्याक्टर चालक भने सामान्य घाईते भएका छन १ नम्बर प्रदेशका ट्राफिक प्रहरी कार्यलयका असई ज्ञान देउजाले भने । कार तिब्र गतिमा भएको कारण दुर्घट्ना भएको हुन सक्ने अनुमान गरीएको छ ।
 
घाइते चालककाे वीपी काेइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा उपचार भइरहेकाे छ ।