श्री शालिवाहनीय शाके १९४१ वि.सं. २०७६ साल ने. सं. ११३९ वैशाख १ गते आइतबार, १४ अप्रिल २०१९ । चैत्र शुक्लपक्षको नवमी तिथि ६ः३१ बजेसम्म, उप्रान्त दशमी, नक्षत्र अश्लेषा २३ः२० बजेसम्म, उप्रान्त मघा, चन्द्रमाराशि कर्कट, सूर्योदय ५ः४३ र सूर्यास्त ६ः२८ मा हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
लामो समयदेखि रोकिएका कामहरू पूरा हुनेछन् । पारिवारिक सहयोग प्राप्त हुनेछ । आम्दानीका स्रोतहरू बढ्नेछन् ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
पारिवारमा माङ्गलिक कार्यको योजना हुनेछ । दैनिक कामहरू सहजै सम्पन्न होलान् । प्रेमपक्ष सामान्य देखिन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
प्रशासनिक क्षेत्रका उल्झनहरू समाप्त हुनेछन् । आर्थिक कारोबार ठप्प रहला । विलासी सामग्रीको खरिद हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अनावश्यक अपजस खेप्नु पर्ला । नसोचेका व्यक्तिहरूबाट धोका हुनसक्छ । विपरीतलिङ्गीको सहयोग प्राप्त होला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मिष्ठान्न भोजन हुनेछ । काम देखाएर व्यक्तिहरूबाट धोका हुनसक्छ । विपरीतलिङ्गीको सहयोग प्राप्त होला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सोचे अनुरूपको काम नबन्नाले मन खिन्न रहला । झुटा आरोपहरूको सामना गर्नु पर्नेछ । मानसिक चिन्ता बढ्नेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
प्राविधिक क्षेत्रमा प्रगति हुनेछ  । नया“ काममा हात हाल्नुभन्दा पहिले सोच्नुहोला । सन्तान पक्षमा प्रगति हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आफन्तजनमा सुखद् खबर सुन्न पाइएला । दिनको पूर्वाद्र्धभन्दा उत्तराद्र्ध सुखप्रद देखिन्छ । दिन मध्यम् छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
समय केही विपक्षमा छ । आफूलाई संयमित राख्नुहोला । व्यापार–व्यवसायमा प्रगति हुने देखिन्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
रमाइलो यात्रा होला । खानपिनमा विशेष विचार पु¥याउनु होला । आमाको स्वास्थ्यमा समस्या देखापर्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
विपरीतलिङ्गीको सहयोगमा नयाँ कार्यहरू सम्पन्न होला । कामकाजमा मन लगाएर अगाडि बढ्नु होला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मनोरञ्जन तथा रमाइलोमा दिन बित्नेछ । छोटो दूरीको यात्रा पनि हुनेछ । नसोचेका व्यक्तिहरूस“गको भेटघाट हुनेछ ।