ताप्लेजुङ/ ताप्लेजुङस्थित विश्वको तेस्रो अग्लो हिमाल  कञ्चनजङ्घा आरोहणका लागि ३३ विदेशीसहितको दुई आरोही टोली आधार शिविर पुगेका छन् । 
 
एक सयभन्दा बढीले चेइराममा बासको बन्दोबस्ती गरेका छन् । आरोहणका लागि यसअघि नै पुगेका शेर्पाहरूले दोस्रो शिविरसम्मको बाटो बनाइसकेको र अहिले तेस्रो शिविरसम्मको बाटो बनाउने काम भइरहेको पिक प्रमोसन प्रालिका प्रबन्ध निर्देशक बाबु शेर्पाले बताए ।
 
यो वर्ष पिक प्रमोसनले २३ जनालाई आरोहण गराउने तयारी गरेको छ । जसमा भारतलगायत मुलुकका आरोही छन् । अर्को, सेभेन समिट प्रालिले १० जनाको टोली पठाएको छ । गतवर्ष ३९ जनाले कञ्चनजङ्घाको आरोहण गरेको पर्यटन व्यवसायीको दाबी छ । पर्यटन मन्त्रालयको तथ्याङ्कअनुसार कञ्चनजङ्घामा वार्षिक १२ सयसम्म विदेशी पर्यटक पुग्छन् ।