बिर्तामोड/ गायिका टीका प्रसाईंकोे नयाँ वर्षको कोसेली ‘सुम्पेको छु जीवन’ सार्वजनिक भएको छ । 
 
आरबी थापाको शब्द÷सङ्गीत रहेको गीतको भिडियो भारतको सिक्किम र झापाको सुरुङ्गा लगायत स्थानमा छायाङ्कन गरिएको छ । भिडियोमा मधु न्यौपाने, विना दङ्गाल र रूपा कट्टेलको अभिनय देख्न सकिन्छ । कार्यक्रम प्रस्तोताको रूपमा चिनिएका न्यौपाने हाल मोडलिङमा व्यस्त छन् ।
 
यसअघि दर्जन बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका न्यौपानेले हिन्दी गीतमा पनि अभिनय गरेका छन् । सुन्दर लावतीको निर्देशन र सम्पादन रहेको भिडियोको छायाङ्कन अर्जुन सापकोटाको रहेको छ । 
 
गायिका प्रसाईंका ‘माया लुकी लुकी’, ‘नाइँ मलाई थाहा छैन’, ‘एउटा कुरा भनुँ’, ‘किन कर्के’ लगायतका गीतहरू चर्चित छन् ।