विराटनगर/ रात छिपिदै थियो । विराटनगरस्थित सेन्ट्रल मलमा नेतादेखि, उद्योगी व्यापारी र युवा युवतीहरूको भिड बढदै गयो ।

नयाँ वर्षको अवसर पारेर सेन्ट्रल मलमा शनिबार राति आयोजना गरिएको ‘फेस्टा न्यू इयर इभेन्ट’ मा चर्चित अभिनेत्री प्रिंयका कार्की प्रस्तुती हुने भएपछि भिड बढेको हो ।

रातको ८ बजेदेखि सुरु भएको कार्यक्रममा तीन घण्टा चर्चित डिजेले नेपाली, हिन्दी र रिमिक्स गीतमा युवाहरूलाई उफारेपछि मध्यराती साढे ११ बजे अभिनेत्री प्रियंका सेन्ट्रल मलको ग्राण्ड फेलरमा उपस्थिती भइन् ।

आफ्नो प्रस्तुती दिन रातो लेहेङ्गामा सेन्ट्रल मलमा आएकी प्रिंयकालाई ‘डोली’ मा चढाएर चार युवाले स्टेज पुर्याए। हातमा फुल बोकेकी प्रिंयकाले स्टेजमाथि रातो गुलाफको फुल फाल्दै सहभागिलाई नमस्कार गर्दै नृत्य र्गनको लागि गीत बजाउन आग्रह गरिन् । डिजेले बजाएको ननस्टप गीतमा नृत्य गरेर लखतरान भएका युवाहरूको जोस एकाएक बढेको देखियो ।

स्टेजमा प्रिंयका आएको देखिपछि सहभागि युवाहरूको भीडले ताली बजाएर स्वागत गरे । स्थानिय कलाकारको साथमा प्रिंयकाले अभियन गरेको चलचित्रको गीतबाट आफ्नो प्रस्तुती आरम्भ गरिन् । उनले ‘अर्को जुनी खै कुनी कसलाइ थाहा छ र खै, यही जुनीमा मायाले प्रेम गराउन...., कुरुसैले बुनेको झुम्के रुमाल खै...लगायतको विभिन्न गीत नृत्य प्रस्तुत गरि सहभागिलाई भरपुर मनोञ्जन दिइन् । प्रिंयकाले नृत्य गर्दा तन्नेरी युवाहरूले ‘वान्समोर’ भन्दै चिच्याए ।

दर्शदीर्घाबाट निरन्तर हुटिङ भयो । वान्स मोरको आवाज सुनियो । २० मिनेटको प्रस्तुतिमा प्रिंयकाले दमदार प्रस्तुति दिइन् । करिब २० मिनेट स्टेज आएर प्रियंकाले नृत्य गरिसक्दा रातको १२ बजेको थियो । हलभरी सहभागिहरूले चार घण्टा नाचेपछि नयाँ वर्ष २०७६ सालको आगवन भएपछि आ–आफ्नो गन्तव्यतर्फ लागेका थिए ।