श्री शालिवाहनीय शाके १९४१ वि.सं. २०७६ साल ने. सं. ११३९ वैशाख २ गते सोमबार, १५ अप्रिल २०१९ । चैत्र शुक्लपक्षको एकादशी तिथि २३ः३१ बजेसम्म, उप्रान्त द्वादशी, नक्षत्र मघा २३ः२० बजेसम्म, उप्रान्त पूर्वाफाल्गुनी, चन्द्रमाराशि सिंह, सूर्योदय ५ः४२ र सूर्यास्त ६ः२८ मा हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
महिलावर्गबाट राम्रै सहयोग प्राप्त होला । अनावश्यक तनाव नलिनु होला । कामको प्रतिफल प्राप्त नहोला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
मनमा शान्ति तथा अनुहारमा कान्ति प्राप्त हुनेछ । लामो समयदेखि रोकिएका कामहरू पूरा हुनेछन् ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
परिवारमा माङ्गलिक कार्य सम्पन्न हुनेछ । व्यापार–व्यवसायमा राम्रै आम्दानी हुनेछ । प्रेमी–प्रेमिकाबीच मनमुटाव हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

अनावश्यक खर्च बढ्ने देखिन्छ । अर्थहीन यात्रा होला । विपरीतलिङ्गीको सहयोग प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
औद्योगिक क्षेत्रको भ्रमण हुनेछ  । सामाजिक कार्यप्रति रुचि बढ्नेछ । माङ्गलिक कार्यमा सरिक भइएला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
इच्छा आकाङ्क्षाहरू पूरा हुनेछन् । परिवारमा खुशीको खबर प्राप्त हुनेछ । पढाइ–लेखाइमा प्रगति हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
विपरीतलिङ्गीस“ग साझेदारीमा काम नगरकै राम्रो होला । साहित्यप्रतिको रुचि बढेर जाला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आफ्नो प्रभुत्व कायम गर्न सङ्घर्ष गर्नुपर्ला । साथीसँगको भेटमा दिन बित्नेछ । मन हर्षित रहला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सामाजिक, सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । व्यापार–व्यवसायमा राम्रै लाभ हुनेछ । दाम्पत्य जीवनको प्रगति हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सन्तान सुखको योग देखिन्छ । अदालती कामकाजहरू सुल्झेर जानेछन् । प्रेमी–प्रेमिका बीचको सम्बन्ध सुमधुर रहनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अध्ययन–अध्यापनका क्षेत्रमा प्रगति हुनेछ  । सामाजिक कार्यमा प्रगति हुनेछ । धनार्जनका बाटाहरू खुलेर जानेछन् ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आत्मसम्मानले प्रफुल्लित भइएला  । सामाजिक मान प्रतिष्ठा बढेर जानेछ । दाम्पत्य जीवनमा खट्पट देखापर्ला ।