धरान/ नयाँ वर्षको अवसर पारेर गोर्खा पार्क निर्माण समितिले धरान–२० स्थित गोर्खा स्मृति पार्कमा आइतबार चमेना गृहको उद्घाटन गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथि भिसी एमभिओजे अनररी क्याप्टेन रामबहादुर लिम्बूले रिबन काटेर उद्घाटन गरे । पार्कलाई बच्चा, युवा, वृद्ध परिवार, अफिस र सङ्घ–संस्थाका लागि महŒवपूर्ण केन्द्र बनाउने कार्यक्रममा बोल्दै गोर्खा स्मृति पार्क निर्माण समितिका अध्यक्ष हरिबहादुर लिम्बूले बताए । अध्यक्ष लिम्बूले टेम्पो व्यवसायीलाई धरानको भानुचोक देखि पार्कसम्म सहज शुल्कका साथ टेम्पो स्टेण्ड सञ्चालन गर्न आग्रह गरेका छन् ।

त्यस्तै आवश्यक परे व्यवसायी सङ्घलाई पत्र दिएर औपचारिक रूपमै टेम्पो सञ्चालन गराउने अध्यक्षले बताए । पहिले गिटार आकारमा रहेको पार्क अहिले चमेरा आकारको बनिरहेको छ । पार्कका गोर्खालीको प्रतिबिम्बको रूपमा एक मूर्ति रहेको छ, जसको उद्घाटन वल्र्ड मेमोरीको अवसर पोरेर आगामी नोभेम्बर ११ मा उद्घाटन गर्ने अध्यक्ष लिम्बूले जानकारी दिए । त्यसैगरी पार्कमा हेलिप्याड, कारपार्किङ, पिक्निक खाने ठाउँ र अतिथि गृह रहेको छ ।

१२.४ बिघा जग्गा रहेको पार्कमा बटालियन गार्डेन, चिल्ड्रेन गार्डेन, म्युजियम, धरान भ्यु टावर र पेइङ गेष्ट हाउस बनाउने योजना रहेको अध्यक्ष लिम्बूुले बताए । पार्क निर्माणका लागि भूपू मेजर इन्द्रजित वनेमका छोरा जोकप्रसाद लिम्बू र जीवन सुब्बाले १५ लाख प्रदान गर्ने घोषणा गरेका छन् ।