मधुमल्ला/ मिक्लाजुङ गाउँपालिका वडा नं. ७ का महिलाहरूलाई लक्षित गरी सञ्चालन भएको महिला उद्घोषण एवम् नेतृत्व विकाससम्बन्धी तालिम बिहीबार समापन भएको छ । मिक्लाजुङ–७ स्थित लेटरेन चर्चमा गत चैत्र १८ गतेबाट सञ्चालन भएको उक्त तालिममा मिक्लाजुङ वडा नं. ७ का ३१ जना महिलाहरूको सहभागिता थियो । 
 
तालिममा प्राइम एफएमका प्रबन्धक मन नेम्बाङ र सामाजिक अभियन्ता वेदनिधि ढकालको सहजीकरण थियो । ४ दिने तालिमलाई मिक्लाजुङ्स्थित लेखनाथ पुस्तकालय तथा वाचनालयको आयोजना थियो भने मिक्लाजुङ वडा नं. ७ को आर्थिक सहयोगमा भएको थियो । यसले महिलाहरूमा क्षमता परिवर्तन भई वडामा विकास ल्याउन सक्ने वडाअध्यक्ष सुशीलराज चौहानले जानकारी दिए ।