व्यवस्थापन गरिँदै टिएमजे क्षेत्र

alt
  • बैशाख २, २०७६
  • १,८६३ पटक पढिएको
  • कृष्ण विदुखी गौतम

तेह्रथुम/ तेह्रथुम, सङ्खुवासभा र ताप्लेजुङ जिल्लाको सिमानामा अवस्थित गुराँसको राजधानी तीनजुरे– मिल्के– जलजले(टिएमजे) क्षेत्रको श आवश्यक व्यवस्थापन गरी आर्थिक समृद्धितर्फ अगाडि बढ्न सकिनेमा सरोकारवालाहरू एकमत रहेका छन् ।

शनिबार तेह्रथुमको वसन्तपुरमा आयोजित तीनजुरे–मिल्क–जलजले क्षेत्र व्यवस्थापनसम्बन्धी बृहत् अन्तरक्रिया कार्यक्रममा तीनवटै जिल्लाले आर्थिक लाभ लिन सकिने गरी प्रवद्र्धन गर्नेमा सहभागीहरूको जोड रहेको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल सरकारका वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले टिएमजे क्षेत्रको वृद्धि र विकासका लागि स्थानीयको भावनाअनुसार काम गर्नुपर्ने बताए ।

नेपालको महत्वपूर्ण पर्यटकीय क्षेत्रका रूपमा यस क्षेत्रलाई विकास गर्न तीन तहको सरकारका साथै सम्बन्धित सरोकारवालाहरू सबै एकजुट हुनुपर्ने बताएका छन् । हरेक मान्छे फरक मत र विचार भएका कारण फरक मत आउनु स्वभाविक रहेको भन्दै उनले विविधतामा एकरूपताको खोजी गर्नुपर्ने बताए ।

टिएमजे क्षेत्रको व्यवस्थापन तथा प्रवद्र्धनका लागि सङ्घीयताको ढाँचाअनुसार नयाँ कानून निर्माण गरी अगाडि बढ्नु पर्ने सङ्घीय सांसद् योगेश भट्टराईले बताए । उनले यो कार्यक्रम नियोजित रूपमा आयोजना गरिएको नभएको प्रष्ट पारेका छन् । यो अन्तरक्रिया प्रारम्भिक छलफल मात्रै भएको भन्दै यस विषयमा अनावश्यक शङ्का नगर्न आग्रहसमेत गरेका छन् ।

प्राकृतिक स्रोतको संरक्षण गर्दा स्थानीयको जनजीवनमा नकारात्मक असर पु¥याउन नहुने सरोकारवालाको धारण रहेको छ । कार्यक्रममा सम्बन्धित तीनवटै जिल्लाका प्रतिनिधि सभाका सदस्यहरू, प्रदेशसभाका सदस्यहरू, स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरूलगायत सम्बन्धित सरोकारवालाहरूको सहभागिता रहेको थियो । टिएमजे क्षेत्रको व्यवस्थापन गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकहरूलाई आकर्षण गर्न सके आर्थिक समृद्धि हुनुका साथै यस क्षेत्रलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन सकिने सम्भावना रहेको छ ।

व्यस्त सहरका मस्त मा

धरानकाे भानु चाैकमा रहेकाे यात्रु प्रतिक्षालय अथवा विश्

हरियो चुरा र मेहन्दी

युवतीहरूलाई यतिबेला साउन लागेको छ । हरियो चुरा र मेहन्द

एनिमेसन स्टुडियोमा आ

टोकियो/ जापानको क्योटो शहरमा रहेको एक भवनमा रहेको एनिमे

‘पिण्डेश्वर देवताकै

साउनको महिना शुरु भएसँगै शिव मन्दिरहरूमा चहल–पहल


हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved