२ वटा मोटरसाईकल आपसमा ठोक्किदा १ को मृत्यु

alt
  • बैशाख २, २०७६
  • ३४५ पटक पढिएको
  • ब्लाष्ट खबर

झापा । झापाको कमल गाउँपालिका-६ गेउरिया भन्ने ठाउँमा आइतवार २ वटा मोटरसाईकल आपसमा ठक्कर खाई दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । भित्री सडक खण्ड अन्तर्गत राती साढे ८ बजे पाडाजुगीबाट दक्षिण तर्फ जाँदै गरेको मे १० प ६८५१ नम्बरको मोटरसाईकल र बिपरित दिशाबाट आउँदै गरेको मे ४ प १६५८ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किएको थियो ।

दुर्घटनामा मे ४ प १६५८ नम्बरको मोटरसाईकल चालक कमल गाँपालिका-६ बस्ने बर्ष २१ को प्रबिण राजवंशी, मोटरसाईकलको पछाडी सवार बर्ष २६ को मनोज शाह र मे १० प ६८५१ नम्बरको मोटरसाईकल चालक कमल गाउँपालिका-४ बस्ने बर्ष २२ को लोकेश ठटाल घाइते भएका थिए । घाइते तीनै जनालाई उपचारको लागि दमक स्थित लाईलाईन अस्पताल लैजाने क्रममा मे ४ प १६५८ नम्बरको मोटरसाईकल चालक प्रविण राजवंशीको बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । दुवै सवारी साधन प्रहरीको नियन्त्रणमा राखिएको छ ।

साउन लाग्याे, बोलबम

देउराली । साउन महिनाको सुरुवातसंगै धरान उपमहानगरपालिकास

साढे दुई हजार कर्मचा

  काठमाडाै / राष्ट्रिय सतर्कता केन्द्रले गत

वीपी प्रतिष्ठानको नि

धरान / धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्

पाँचथरमा पहिरै पहिर

 यासोक /  पाँचथरको कुम्मायक गाउँपालिकामा लामो


हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved