‘दयारानी’ गीत रिलिज

alt
  • बैशाख २, २०७६
  • ३०० पटक पढिएको
  • ब्लाष्ट खबर

दयाहाङ राई र दीया पुन स्टारर फिल्म ‘दयारानी’ को पहिलो गीत नयाँ वर्ष २०७६ को अवसरमा सार्वजनिक भएको छ । 'चिरी च्याट्टै' बोलको गीतमा राजनराज सिवाकोटीको शब्द, संगीत र स्वर छ । गायनमा गायिका मेलिना राईले साथ दिएकी छन् । लोक फ्लेवरमा ढालेर तयार पारिएको गीतमा दया र दीया फिचर्ड छन् । विक्रम स्वाँरको कोरियोग्राफी रहेको गीतको भिडियोलाई रवि न्यौपानेले खिचेका हुन् ।

दया र दीयाको केमेस्ट्री उस्तै कमालको देखिएको छ । यो फिल्मलाई कलाकार तथा निर्माता माओत्से गुरुङले पहिलो पटक निर्देशन गरेका हुन् । जेठ १० गतेबाट देशभर प्रदर्शनमा आउने यो फिल्मले एक खराब श्रीमान र एक दयालु श्रीमतीको कथा भन्ने निर्देशक गुरुङले बताएका छन् । सिनेमा आर्टस्को ब्यानरमा निर्माण भएको फिल्मको कथा निर्देशक स्वयम्ले लेखेका छन् । फिल्ममा दया र दीयाका अलावा विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ, टिकाराम घलेलगायतका कलाकारहरुको अभिनय छ । फिल्मलाई शैलेन्द्र डि। कार्कीले खिचेका हुन् ।

लगानीमा मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बु र न्यू आइटी भेन्चरको सहकार्य छ भने रामबाबु गुरुङ र अपिल विष्ट कार्यकारी निर्मातामा छन् । अभिनेता दयाहाङको नामसँग मिल्दोजुल्दो भएका कारण फिल्मको नाम 'दयारानी' नराखिएको निर्देशक गुरुङको भनाई छ । उनी भन्छन्, 'गुरुङ समुदायमा दयालु यूवतीलाई दयारानी भन्ने गरिन्छ । फिल्ममा अभिनेत्री दीयालाई दयालु युवतीको रुपमा ब्याख्या गर्न खोजिएको छ ।'

च्यासल युथ पाखा लगाउ

काँकडभिटा । काँकरभिट्टामा जारी मेचीनगर गोल्डकपको चौथो स

प्लेनबाट लागूऔषध लै

विराटनगर । हवाइ मार्गको प्रयोग गर्दै प्रतिबन्धीत लगाएको

अर्चना बाबाधामका शिव

चतरा/ वराहक्षेत्रस्थित औलिया बाबा गद्दी (मठ) मा जारी वृ

तीन तलाबाट लढेर विरा

विराटनगर । विराटनगर ११ बुधमार्ग स्थित ज्योती पोखरेलको न


हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved