विराटनगर । मोरङको विराटनगरमा प्रहरीले आइतबार ‘मेड इन युएस’ लेखेको अमेरिकन पेस्तोल बरामद गरेको छ ।

विराटनगर महानगरपालिका–१६ स्थित दरैयामा वेवारिसे अवस्थामा पेस्तोल बरामद भएको हो । बाँसझ्याङमा फ्याकेको अवस्थामा फेला परेको पेस्तोलको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

रङको बट्टाभित्र कालो प्लाष्टिकमा पोको पारेर लुकाइ राखेको अवस्थामा प्रहरीले बरामद गरेको छ । पेस्तोलसहित दुई राउण्ड गोली, त्यसको म्याग्जिन पनि बरामद भएको प्रहरीले जनाएको छ ।