धरान / धरान–१५ बगरकोटमा रुवा पेल्ने मेसिनबाट आगलागी हुँदा स्थानीय हरि राईको बाँसको कच्ची घरसहित सामग्री जलेर नष्ट भएको छ ।

धरान–१५ को बसपार्कस्थित अस्थायी प्रहरी बिटका प्रहरी हवल्दार मोहन यादवका अनुसार करिब ७ लाख रुपैयाँ बराबरको क्षति भएको छ । रुवा पेलिरहेको अवस्थामा एक्कासी आगो लाग्न शुरु भएको थियो । सोमबार करिब सवा २ बजेतिर आगो लाग्न शुरु भएको थियो । धरान उपमहानगरको बारुण यन्त्रको सहयोगमा आगो पूर्ण रूपमा नियन्त्रणमा आएको प्रह यादवले जानकारी दिए ।