ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम फुङ्लिङको हेलिप्याड गेट नजिकै भएको निजी कार दुर्घटनामा २ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार घाइते दुबैको खतरामुक्त अवस्थामा तमोर हस्पिटलमा उपचार भइरहेको छ । डिएसपी सञ्जयसिंह थापाका अनुसार हेलिप्याड गेट अगाडिबाट अनियन्त्रित भई झरेको कार मेवाखोला हिल रिर्सोटको माथिपट्टिको पर्खालमा गएर अड्किएको छ ।

बा १२ च ३०० नम्बरको कार दुर्घटनामा पर्दा चालक गाडी धनी ललितपुर कुसुन्टी बस्ने टंक लिम्बू र उनीसंगै सवार कालीबहादुर तामाङ घाइते भएका छन् । दुर्घटनामा लगत्तै प्रहरी र स्थानीयले उद्धार गरी अस्पताल लगेका थिए । यात्रु पाथीभरा मन्दिरको दर्शनका लागि हिँडेको जानकारी आफुले पाएको डिएसपी थापाले जानकारी दिए ।