टेम्पोसहित ५ लाख रुपैयाँ मूल्य बराबरको अवैध सामान बरामद

alt
  • बैशाख ३, २०७६
  • ४४४ पटक पढिएको
  • ब्लाष्ट खबर

भद्रपुर/तस्करीमा संलग्न सवारी साधनसहित ५ लाख रुपैयाँ मूल्य बराबरको अवैध सामान सशस्त्र प्रहरीले बरामद गरेको छ ।

गण २ झापाबाट खटिएको प्रहरी गस्ती टोलीले झापाको दमक र भद्रपुर नगरपालिका क्षेत्रबाट विभिन्न प्रकारका अवैध सामग्री बरामद गरेको सो कार्यालयले जनाएको छ ।

भारतको डिगल वैङ्कबाट मे १ ह ६५६४ नम्बरको टेम्पोमा राखेर ल्याउँदै गरेको अवस्थामा दमक ८बाट सोमबार विहान सामान बरामद गरिएको डिएसपी ओजिस ओलीले जनाए । शङ्का लागि चेकजाँच गर्दा टेम्पोमा रहेको विभिन्न प्रकारका १० पोका कपडा र भद्रपुरबाट ९७ किलो भारतीय दुध पाउडर ,अमुल नामको ३० किलो घिउ,दुइ बोरा मोटरपार्टस,७६ किलो चियापत्ती,अमुल वटर लगायतका सामान फेला परेकोले अवैध ठहराइ टेम्पोसहित सामान नियन्त्रणमा लिएको डिएसपी ओलीको भनाइ छ । सामान र टेम्पोको अनुमानित ४ लाख ९१ हजार दुइसय १२ रुपैयाँ मूल्य कायम गरिएको उनले जानकारी दिए ।

बरामद सामान र टेम्पोलाइ आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाइएको प्रहरीले जनाएको छ । बरामद सामग्रीको मूल्य भन्सारले कायम गरेको उनले जानकारी दिए ।

 

च्यासल युथ पाखा लगाउ

काँकडभिटा । काँकरभिट्टामा जारी मेचीनगर गोल्डकपको चौथो स

प्लेनबाट लागूऔषध लै

विराटनगर । हवाइ मार्गको प्रयोग गर्दै प्रतिबन्धीत लगाएको

अर्चना बाबाधामका शिव

चतरा/ वराहक्षेत्रस्थित औलिया बाबा गद्दी (मठ) मा जारी वृ

तीन तलाबाट लढेर विरा

विराटनगर । विराटनगर ११ बुधमार्ग स्थित ज्योती पोखरेलको न


हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved