श्री शालिवाहनीय शाके १९४१ वि.सं.२०७६ साल ने. सं. ११३९ वैशाख ३गते मङ्गलबार, १६ अप्रिल २०१९ ।चैत्र शुक्लपक्षको द्वादशी तिथि २३ः१७ बजेसम्म, उप्रान्त  त्रयोदशी, नक्षत्र पूर्वाफाल्गुनी २३ः२० बजेसम्म, उप्रान्त उत्तरफाल्गुनी, चन्द्रमाराशि सिंह, सूर्योदय ५ः४१ र सूर्यास्त ६ः२८ मा हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ) सामाजिक प्रतिष्ठा प्राप्त हुनेछ । लामो समयदेखि अल्झिएका कामहरू बन्लान् । मनमा हर्षित रहला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
शारीरिक आलश्यता बढेर जानेछ । मन अशान्त रहला । औद्योगिक क्षेत्रको भ्रमण होला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) धातु तथा तत्जन्य व्यवसायमा राम्रै आम्दानी हुनेछ । आफूलाई सक्रिय गराउनु होला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) छोटो तर रमाइलो यात्रा हुनेछ । नया“ साथी बन्नेछन् । नया“ स्थानको सक्रिय
भ्रमणका विषयमा चर्चा चल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) प्रेमी–प्रेमिका बीच मनमुटाव हुने देखिन्छ । आर्थिक पक्षमा घाटाको व्यापार हुनेछ । अध्ययन–अध्यापन सफल होला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) मिष्ठान्न भोजनको योग देखिन्छ । माङ्गलिक कार्यमा सरिक भइएला । सांसारिक भोगविलासमा दिन बित्नेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, तेसामाजिक प्रतिष्ठामा वुद्धि हुने देखिन्छ । आम्दानीका बाटाहरू खुलेर जानेछन् । पढाइ–लेखाइमा प्रगति हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, युअप्रिय समाचार सुन्नुपर्ला । मानसिक चिन्ता बढेर जाला । अध्ययनका क्षेत्रमा सफलता प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) मनमा शान्ति र अनुहारमा कान्ति छाउला । हर्ष,उमङ्ग एवम् उत्साह प्राप्त हुनेछ । प्रेमपक्षमा प्रगति हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) वाहन सुखको योग देखिन्छ । सुख, समृद्धि प्राप्त होला । आर्थिक क्षेत्रमा प्रगति हुनेछ । दिन मध्यम्खालको छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) प्रशासनिक कामहरूबाट छुट्कारा प्राप्त हुनेछ । साहित्यप्रति रुचि बढेर जाला । खानपिनमा विशेष विचार पु¥याउनु होला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) माङ्गलिक कार्यमा सरिक भइएला । सामाजिक कार्यमा सफलता प्राप्त होला । मन प्रसन्न रहनेछ ।