भारतमा मात्रै लाग्दै आएको कुम्भमेला वि.सं. २०५८ सालदेखि धार्मिक गुरु बालसन्तको प्रयत्नमा वराहक्षेत्रस्थित चतराधाममा लाग्दै आएको छ । १२ वर्षमा पूर्ण महाकुम्भ र प्रत्येक ६ वर्षको अन्तरालमा अद्र्ध महाकुम्भ लाग्दै आएको छ ।

यसअघि वराहक्षेत्रका स्थानीय कवि मान बज्राचार्यको पहलप्रयत्नमा कुम्भ आयोजना गर्ने कामको थालनी गरे पनि त्यसले व्यापकता र निरन्तरता पाउन सकेको थिएन । धार्मिक गुरु बालसन्तले धार्मिक ग्रन्थमा भएका श्लोकलाई प्रमाणका आधारमा अघि सारी भारतमा मात्र होइन नेपालमा पनि कुम्भको आयोजना गर्न सकिन्छ भन्ने तर्क अघि सारे । नेपालमै पहिलो पटक कुम्भ आयोजना गरेको आधारमा उनलाई काशी पण्डित सभाले कुम्भ सर्जक, अनन्त श्रीविभूषित, जगद्गुरुलगायतका सम्मानद्वारा विभूषित गर्यो ।

पुराण वाचक, प्रवचक बालसन्तबाट उनी जगद्गुरु अनन्तश्री विभूषित बालसन्त बने । उनलाई यही चतराको धराधामले जगद्गुरु बनायो । बालसन्त जगद्गुरुद्वारा विभूषित भएको ९ वर्ष पूरा भएको छ । यही मेसोमा चतराकै पुण्य धामले अर्का एकजना योगीलाई समेत अनन्तश्री विभूषित जगद्गुरु बनाएछ । इतिहासका हजारौं वर्षका पाना पल्टाउँदामात्र फेला पर्ने र कलियुगमा भने पहिलो पटक यो चतराको धराधाममा तारक्ब्रह्म महायज्ञ आयोजना गरेका योगी कृष्णदास पनि जगद्गुरुद्वारा विभूषित भए । धन्य धरणी, धन्य वराह ।

त्यतिमात्र होइन । यो धाममा आदि जगद्गुरु ओमबाबाको समेत उपस्थिति छ । मुलुकका विभिन्न स्थानमा १०८ शिवसाधनाका खातिर अर्चना बाबाको सत्सङ्गमा धार्मिक अनुष्ठान गर्दै हिँडेका ओमबाबा आदि जगद्गुरु हुन्, जसलाई यो धाममा स्थापित गर्न भक्तहरू लागि परेका छन् । अझ, कुम्भमेलाले यो १ महिनाभित्र कति जगद्गुरुलाई नेपाल भिœयाउने हो त्यो लेखाजोखाको विषय हुनेछ । तर, अहिले चर्चाको विषय शास्त्रले वर्णन गरेको ‘पिण्डेश्वर महाकुम्भ’ किन बृहत् छैन भन्ने हो ।

किन चतराक्षेत्रमै पनि साँघुरिएको छ ? किन यहाँका सबै धार्मिक क्षेत्रलाई ‘कुम्भ’ ले उजागर गर्न सकेको छैन ? धार्मिक गुरु बालसन्तले चतराको श्मसानघाट (दुर्वासाघाट) को नाम, रूप परिवर्तन गरी प्राचीन हरिद्वार घोषणा गरे । बालसन्तले प्राचीन हरिद्वारका यसैक्षेत्रको मात्र प्रवद्र्धन गरे । न यहाँ दुर्वासाघाट थियो भने, न यसको शास्त्रीय र प्रामाणिक आधार यस्तो छ भनेर भने । दुर्वासा ऋषिको पनि शास्त्रमा बेग्लै स्थान छ । यो एउटा विषय प्रवेशको मात्र कुरा भयो । यीदेखि बाहेक औलिया मठ, गुप्त वराह, भवानीस्थानलाई कुम्भसँग जोडिएन । ‘पिण्डेश्वर महादेव’ लाई कुम्भसँग जोडियो । तर यहाँ कुम्भ लागेन । चतराधाममा स्नान गरेर कुम्भमा जल समर्पण गर्ने भनियो तर पिण्डेश्वर महादेवको अर्चना गर्ने भनिएन । किनभने भक्तजनले साउनका सोमबार यी कर्म गरेकै छन् ।

कुम्भसँग औलियाबाबा जोडिएन । वराहक्षेत्रमा कतिपय स्थान यस्ता छन्, जसको दर्शनले मात्र जीवन धन्य बन्छ । धार्मिक कारणले मात्र होइन । पुराताŒिवक महŒवले पनि । त्यस्तै एउटा उदाहरण हो औलिया मठ । वि.सं. १८२१ मा स्थापना भएको श्री औलिया गद्दी (मठ) यहाँ पर्दछ । अढाई सय वर्षभन्दा बढीको इतिहास भएको यो क्षेत्रलाई अहिलेका पुस्ताले अध्ययन र अवलोकन गर्न सक्छन् । यसको महŒवका बारेमा बुझ्न सक्छन् । औलिया बाबा मठको धार्मिक पक्षको कुरा गर्दा विश्वमै अद्भूत छ । जहाँ हिन्दू र इस्लाम धर्मका आस्थावान् एकै पटक मन्दिर प्रवेश गर्छन् । औलिया बाबा र अल्लाह बाबाका नाममा ।

कुम्भ स्नान गर्न आउने भक्तालुलाई छिन्नमस्ता भगवतीको मन्दिरमा कहाँ पर्छ भन्ने पत्तो छैन । किनभने कुम्भ आयोजकले यसको प्रचार गर्न सकेनन् । पुरानो इतिहास र तिनका पात्रहरूलाई अमरत्व प्रदान गर्ने, ती मान्छेका गुणका आधारमा भगवान्को दर्जा दिने यो भारतवर्ष भनिएको धराको विशेषता हो । त्यस्तै दैवी शक्तिका नाममा पुजिने छिन्नमस्ता भगवती हुन् । यिनको दर्शन गर्दा मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ । गुप्त वराह कोशी नदी किनारमा पर्ने १७ नम्बर भीरमा बेवास्ताका बीचमा रहेको छ ।

वराह भगवान् पृथ्वीको उद्धार गरी थाकेका अवस्थामा गुफामा लुकेर बसी आराम गरेको स्थानका रूपमा धार्मिक ग्रन्थहरूले उल्लेख गरेको छ । यो ऐतिहासिक र पुराताŒिवक गुफा हो । जसको संरक्षणमात्र पनि गर्न सकिएको छैन । भवानीस्थान जसलाई शास्त्रले आदि वराही भगवती भनेको छ । यो अर्चलेमा पर्छ । वराह पुराणमा लेखिएअनुसार विष्णु भगवान्ले वराहको रूप धारण गरेर वराह कुट पर्वतमा पुगे । त्यसबेला वराह भगवान्को साथमा महालक्ष्मी वराही अवतारमा थिइन् । र यो स्थानमा विराजमान भइन् ।

त्यसैले यो क्षेत्रको धार्मिक महŒव छ । त्यतिमात्र होइन यो क्षेत्रमा सूर्यकुण्ड (ऐतिहासिक पोखरी सुकिसकेको अवस्थामा रहेको), आदि वराहलगायत महŒवपूण तीर्थ पनि छन् । वराहक्षेत्र मन्दिरमा भने भक्तालु स्वतःस्फूर्त गइरहेका छन् । तर यो क्षेत्रलाई ‘कुम्भ’ ले छुटाएको छ भन्न मिल्दैन । किनभने, शाही स्नान यहीँ हुन्छ । र भक्तालुलाई स्नानका लागि सुविधा दिन स्नानघाट निर्माणका लागि बजेट विनियोजन गरेको छ । तर यही उदाहरणमात्र पर्याप्त होइन, छैन ।

६ वर्षमा लाग्ने अद्र्ध कुम्भमेलाले यो क्षेत्रको धार्मिक पर्यटनको विकास गरेको छ । १२ वर्षमा पूर्ण महाकुम्भ मेला लाग्छ । तर किन यो मेलालाई बृहत् कुम्भ महोत्सवका रूपमा नलगाउने ? महिना दिनसम्म यी तीर्थको प्रवद्र्धन किन नगर्ने ? यहाँ लुकेर रहेका, लुकाइएका हरेक तीर्थस्थलको उजागर हुनुपर्छ । एक महिनासम्म लाग्ने मेलामा पुराण, प्रवचन, होम र यज्ञमात्र नभई यस क्षेत्रका धार्मिक तीर्थको प्रवद्र्धनमा ‘कुम्भमेला’ लाग्नु पर्छ । अहिले धार्मिक चहल–पहल कुम्भस्तम्भ क्षेत्रमा मात्र छ, हनुमान मन्दिरमा मात्र छ ।

यो कमजोरी आयोजकको हो वा होइन ? किन यहाँका सबै धार्मिक क्षेत्रलाई ‘कुम्भ’ ले उजागर गर्न सकेको छैन ? यसको मूल कारण धर्मनिरपेक्ष मुलुक र धार्मिक सहिष्णु मुलुकभित्रको अन्तरद्वन्द्वले हो । राजनीतिको सङ्क्रमण क्रमशः सकिए पनि राजनीतिक मुद्दाहरूको सङ्क्रमणको अवस्था अझै सकिएको छैन । धर्मनिरपेक्ष मुलुक घोषणा भएपछि कुनै एउटा धर्मलाई प्रोत्साहन गरेको आक्षेप राजनेताहरूमाथि पर्न जाने द्वन्द्वात्मक अवस्था सिर्जना हुनुले पनि त्यस क्षेत्रको समुचित विकास हुन सकेको छैन ।

बजेट विनियोजन हुन सकेको छैन । अर्को ‘कुम्भ’ आयोजकको दूरदर्शिता वा बजेट हुन सक्ला । राज्यले के बुझ्न जरुरी छ भने, जहाँ जेको सम्भावना छ त्यसैको प्रवद्र्धन गरिनुपर्छ खोकुछिन्ताङको सुन्तला मीठो छ भने सुन्तलाको वैज्ञानिक उत्पादनका लागि कृषकलाई प्रोत्साहन गर्नुपर्छ । वराहक्षेत्रमा हिन्दू धर्मका देवालय छन् । त्यसलाई धार्मिक पर्यटनसँग जोडेर प्रवद्र्धन गर्नुपर्छ । बाँकी पर्यटकीय सम्भावना त छताछुल्ला नै छन् ।