बलिउड अभिनेता अमिताभ बच्चन आर्थिक वर्ष २०१८/१९ को  सबैभन्दा धेरै कर तिर्ने स्टार बनेका छन् । उनले यो वर्ष ७० करोड कर तिरेको एजेन्सीहरुले जनाएका छन् । 
 
बच्चनका प्रवक्ताका अनुसार उनले यो वर्ष सबै बलिउड कलाकारलाई पछाडि पार्दै सबैभन्दा धेरै कर तिर्ने कलाकार बनेका हुन् । साथै, उनी सबैभन्दा धेरै ब्राण्डको विज्ञापन गर्ने अभिनेता पनि हुन् । 
 
बिहारका किसानलाई आर्थिक मद्दत अमिताभले बिहारका २,०८४ जना किसानलाई आर्थिक मद्दत गरेका थिए । उनले पुलवामा भएको आतंककारी हमालामा शहीद भएकाका परिवारलाई जनही १० लाख आर्थिक सहायता गरेका थिए ।
 
अमिताभ अभिनित फिल्म भर्खरै रिलीज भएको ‘बदला’ ले पनि राम्रै कमाई गरेको थियो । साथै, छिट्टै अयान मुखर्जीको फिल्म ‘ब्रम्हास्त्र’ मा पनि देखिदैँछन् ।