धरान / पूर्वका प्राय पुल आयोजनाहरु सुनसरी मोरङ पुल आयोजनाले हेर्दै आएको थियो । तर सरकारले उक्त आयोजनालाई भङ्ग गरे पछि आयोजनाले हेर्दें आएका प्रदेश १ का ३८ वटा पुल निर्माण कार्य अलपत्र परेका छन् ।
प्रदेश १ का लिङ्क रोडहरुको ३८ वटा पुल हेर्दै आएको आयोजनाले गत असारबाट हटेको पुल आयोजना पूर्वी सेक्टर १ धरानका आयोजना प्रमुख कैलाश रौनियारले जानकारी दिए । उनी यस अघि सुनसरी मोरङ डिभिजन मै थिए ।
निर्माण थालिएका पुलहरु प्राय अलपत्र अवस्थामा रहेको उनले बताए । अर्थ मन्त्रालयले समयमा बजेट निकासा नगर्दा ठेकेदार कम्पनिले काम सुचारु नगरेको रौनियारको भनाई छ ।

एक बर्षमा ३० प्रतिशत काम
सुनसरीको धरान – मोरङको केराबारी जोड्र्ने धरान ५ स्थित अधेरी खोलामा पुल निर्माण शुरु भएको एक बर्ष वित्दासमेत ३० प्रतिशत पनि काम भएको छैन् । एच एम विल्डर्स कम्पनिका ठेकेदार हसमुल मिँयाले ठेक्का पाएको पुलका लागि शुरुमा १८ लाख बजेट आए पनि हाल बजेट नआउदा काम अलपत्र परेको छ । हाल दुई वटा पिलर बनाइएको छ । एउटा पिलर निर्माणाधिन अवस्थामा छ । उक्त पुल ६ करोड बजेटको हो । ३० महिना निर्माण सक्ने गरि सुनसरी मोरङ पुल आयोजनाले एचएमलाई ठेक्का दिएको हो । तर आयोजना नै नरहे पछि सडक डिभिजन कार्यालय विराटनगरले तत्काललाई पुल आयोजना पूर्वी सेक्टर १ धरानलाई नै जिम्मेवारी दिएको छ । ‘काम भइरहेको छ तर सुस्त छ । समयमा बजेट नआउदा काम हुन सकेको छैन् ।’– रौनियारले भने । दुई वटा पिलर निर्माण भएका छन् । एउटा निर्माण भइरहेको छ । यो बर्षायाममा ती पिलर त्यतिकै रहदा बाढीले बगाउने सम्भावना रहेको ठेकेदार मियाँले बताए ।
हाल सडक विभागले फागुन १७ गते विराटनगर सडक डिविजन कार्यालय, विराटनगरलाई २१ वटा, पूर्वीय पुल सेक्टर वान, धरानलाई १५ वटा पुल हेर्ने जिम्मेवारी दिएको छ । सेक्टर कै रेखदेखमा दुहवीस्थित बुढी खोलामा पनि पुल निर्माण कार्य भइरहेको छ ।

छ महिनादेखि काम ठप्प
२०७४ सालमा ठेक्का लागेको उक्त पुल पनि बजेट अभावमा काम सुस्त रहेको रौनियारले बताए । २५ करोड बजेटको पुल निर्माणका लागि सरकारले १८ लाल मात्र निकासा गरेको छ । पुलको ठेक्का गिताञ्जली निर्माण सेवाले लिएको छ । भुक्तानी दिन सरकारले ढिलाई गर्दा पुलको काम ६ महिनादेखि ठप्प छ ।