रङ्गेली  / प्रदेश १ सभाको सचिवको नियुक्ति गर्ने लगायतको विभिन्न क्षेत्राधिकार समेटेको विधयेक प्रदेश सभाबाट सर्वसम्मतले पारित भएको छ ।
प्रदेश सभामा सचिवको नियुक्ति र प्रदेश सभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधयेक’ बुधबारको बैठकबाट सर्व सम्मत पारित भएको हो ।
विधयेक न्याय प्रसासन तथा सुसान समितिमा दफावार छलफल भएको थियो । मंगलबारको बैठकमा समितिका सभापति इन्द्रमणी पराजुलीले प्रतिवेदन पेस गरेका थिए ।
यसअघि प्रदेश सभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधयेक माथि छलफल भएको थियो । छलफलमा सांसद अम्बिका थापाले प्रदेश सभाका सचिव कति, कुन र कस्तो रोगलागेमा विदेश जान पाउने भन्ने व्यवस्था प्रष्ट हुनु पर्ने बताइन । त्यसैगरी उमिता बराइलीले प्रदेश सभाका सचिवको सेवा सुविधा विधेयकमा प्रष्ट पार्नु पर्ने बताइन । नेपाली काग्रेसका प्रमुख सचेतक केदार कार्कीले प्रदेश सभाका सभामुखको विषयमा विधेयक मौन रहेको बताए ।
सांसदहरुको जवाफमा आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले कानुनमा सबै कुरा समेटन सम्भव नहुने बताए । उनले सभामुखको सम्बन्धमा प्रष्ट व्यवस्था रहेको बताए । उनले ऐनले नसमेटेको विषयलाई नियमावली र निर्देशिकाबाट समेटन सकिने बताए ।
अव सभामुखले प्रदेश सभाका सचिवलाईसमेत नियन्त्रणमा राख्ने अधिकारसहितको सचिव नियुक्ति गर्न पाउने छन् ।
त्यसैगरी गाउँसभा सम्बन्धमा व्यवस्था गर्न बनेको विधयेकको पहिलो संसोधनको लागी मन्त्री कार्कीले सदनमा प्रस्ताव गरेका छन् ।