विराटनगर /  विराटनगर–३ मा रहेको विराटनगर अस्पताल (विराट नर्सिङ) होम भित्र रहेको ल्याबले दिने रिपोर्टमा गम्भीर लापारबाही हुने गरेको पाइएको छ ।
मोरङको सुनवर्षी नगरपालिकाकी ५२ वर्षीय एक महिलाको पाठेघर नै नभएको रिपोर्ट दिए पछि चरम लापरबाहीको घटना सार्वजानिक भएको हो ।
पेट दुःखेर आइतबार अस्पताल पुगेकी ती महिलाले १ हजार रुपैयाँ तिरेर अस्पताल भित्रको विराट इन्टरनेशनल रिफरेन्स ल्यावमा भिडियो ऐ–क्सरे गरेकी थिइन् । एक छोरा र १ छोरीकी आमा रहेकी उनको भिडियो एक्सरे गराएको रिपोर्टमा पाठेघर नभएको रिपोर्ट आएको थियो ।
उनले चिकित्सकको सल्लाह अनुसार विराट अस्पतलाको ल्याबमा भिडियो एक्स रे गरेकी थिइन् । भिडिओ एक्स–रे को रिपोर्टमा उनको युटेरस (पाठेघर) नभएको उल्लेख छ । रिपोर्टमा लेखिएकोे छ, ‘युटेरस इज नट सिन ।’ पेट दुखिरहने समस्याका कारण अस्पताल पुगेकी उनी नयाँ समस्या देखाइए पछि झन् तनाबमा परिन् ।
विराट अस्पतालले ल्याबमा आएको भिडियो एक्सरेको रिपोर्ट फिजिसियन डा. प्रवेजकुमार हेरेका थिए । डाक्टर प्रवेजले भिडियो एक्स–रे मा पाठेघर नभएको उल्लेख भएको भन्दै पुनः सिमावर्ती बजार जोगवनीमा रहेको सिमान्चल अस्पतलामा अर्को ल्याबमा भिडियो एक्सरे गराउन सिफारिस गरेको पीडितले बताए । दोस्रो ल्यावबाट भने पाठेघर भएकै रिपोर्ट आयो ।
स्वास्थ्य उपचारका लागि प्याथोलोजी र रेडियोलोजी ल्याबको रिपोर्टलाई आधार मानिन्छ । विराट अस्पतालको ल्याबको उक्त रिपोर्ट देखे पछि डाक्टर तीन छक्क परेका छन् । ‘चिकित्सव प्रवेज पनि अचम्ममा पर्नुभयो । एउटै व्यक्तिको भिडियो एक्सरे रिपोर्ट फरक–फरक देखेपछि,’ सीताले भनिन्, ‘ल्याबसको गलत रिपोर्टले निक्कै मानसिक तनाव बेहोर्नुपर्यो ।’ पिसाबमा इन्फेक्सन र कलेजोमा बोसो जमेको चिकित्सव प्रवेजले बताए पछि त्यही अनुसार अहिले औषधी सेवन गर्दै आएको उनले बताइन् ।
ल्याबले गलत रिपोर्ट दिएको र ठगी गरेको विषयमा सञ्चालक सुशील तापडिया मानविय त्रुटि भएको बताए । अहिलेसम्म रिपोर्ट गलत आएको गुनासो नआएको दावी गरेका उनले पीडितसँग भने गल्ती स्वीकार गर्दै घटना सार्वजनिक नगरिदिन आग्रह गरेका थिए ।