श्री शालिवाहनीय शाके १९४१ वि.सं. २०७६ साल ने. सं. ११३९ वैशाख ५ गते बिहीबार, १८ अप्रिल २०१९ । चैत्र शुक्लपक्षको चतुर्दशी तिथि १८ः५५ बजेसम्म, उप्रान्त पूर्णिमा , नक्षत्र हस्त २१ः११ बजेसम्म, उप्रान्त चित्रा, चन्द्रमाराशि कन्या, सूर्योदय ५ः३९ र सूर्यास्त ६ः२९ मा हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
बन्धु–बान्धवबाट सहयोग मिल्लनेछ । वैदेशिक कार्य अधि बढ्नेछ । साङ्गीतिक क्षेत्रमा रुचि बढ्नेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
नयाँ वस्त्रालङ्कार प्राप्त हुनेछ । दाम्पत्य जीवन शुखमय हुनेछ । धार्मिक यात्रा हुनेछ । पढाइ–लेखाइ भने ठिकै होला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
नाम,दाम, इमान तथा प्रतिष्ठा कमाउने बेलाछ । शत्रु पराजित होलान् । पर्यटकीय क्षेत्रको भ्रमण हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सामाजिक कार्यमा मन जाला । अनावश्यक झमेला खेप्नुपरे पनि कार्य सफल हुनेछ । प्रेममा भने प्रगति हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मनोरञ्जनमा लाग्दा आवश्यक कार्य अधुरै रहला । साहित्य क्षेत्रमा रुचिबढेर जानेछ । समग्रमा दिन मध्यम छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अनावश्यक यात्रा तथा अनावश्यक झमेलामा फसिएला । कार्यगर्न सजगता अपनाउनु होला । पढाइमा मन जादैन ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
विनाकारण दैनिक काममा अपजस खेप्नुपर्ने देखिन्छ । शत्रु उत्साहित हुनेछन् । समग्रमा दिन सामान्य छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
बैचारिक द्वन्द्वमा फसिएला । वाद–विवादमा नफसेकै राम्रो हुनेछ । स्त्री जातिको सहयोगले गरेका काममा फाइदा हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
शारीरिक आलश्यता बढेर जानेछ । मनमा शान्ति तथाअनुहारमा कान्ति हराउनेछ । दिन सामान्यखालको छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
व्यपारिक वर्गका लागि आज त्यति राम्रो देखिदैन । विनासिति विवाद होला। बोल्दा विचार पुर्याएको राम्रो हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
प्रशासनिक उल्झन सुल्झिएर जाला । वैदेशिक यात्राको योग देखिन्छ । पति–पत्नीका विच सुमधुर सम्बन्ध स्थापित हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
विपरित लिङ्गीको सहयोग बाट गरेका काममा सफलता मिल्नेछ । काम गर्ने जोस, जाँगर, उत्साह, उमङ्ग बढेर जानेछ ।