श्री शालिवाहनीय शाके १९४१ वि.सं. २०७६ साल ने. सं. ११३९ वैशाख ६ गते शुक्रबार, १९ अप्रिल २०१९ । चैत्र शुक्लपक्षको पूर्णिमा तिथि १७ः०५ बजेसम्म, उप्रान्त प्रतिपदा, नक्षत्र चित्रा २०ः०८ बजेसम्म, उप्रान्त स्वाती, चन्द्रमाराशि कन्या, सूर्योदय ५ः३८ र सूर्यास्त ६ः३० मा हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
अनावश्यक अपजस खेप्नु पर्नेछ  । प्रिय व्यक्तिबाट असहयोग होला । भोगविलासी सामग्रीमा खर्च हुनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
दिनको पूवाद्र्धभन्दा उत्तराद्र्ध सुखद् देखिन्छ । काम गर्ने जोस, जा“गर बढ्नेछ । मन प्रसन्न रहला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मित्रवर्गबाट विशेष सहयोग प्राप्त हुनेछ । नयाँ वस्त्राभूषण प्राप्त हुनेछ । सामाजिक कार्यमा मन जानेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
वैदेशिक कार्यको लगानी राम्रै रहला । व्यापार –व्यवसाय राम्रै रहला । सामाजिक कार्यमा भने अपजस खेप्नु पर्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
धनार्जनका स्रोतहरू वृद्धि हुनेछन् । पशु तथा तत्जन्य व्यवसायमा मनग्य आम्दानी हुनेछ । दाम्पत्य जीवनमा सुखद् रहला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
धातु तथा तत्जन्य व्यवसायका साझेदारीहरूमा मनमुटाव हुनेछ । अनुशासित भई कार्य गरे सफलता प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
पारिवारिक समस्याले सताउला । शान्त रहनु होला । राजनैतिक प्रतिष्ठामा पनि आँच आउन सक्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
स्वास्थ्य उपचारमा धन खर्च हुनेछ । अरुको भलाइका लागि दौडधुप गर्नु पर्नेछ । घरायसी काममा दिन बित्ला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
चोटपटकको भय देखिन्छ । पशु तथा तत्जन्य व्यवसायमा राम्रै प्रतिफल प्राप्त हुनेछ । प्रेममा सफलता मिल्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
धनार्जनका नयाँ स्रोत खुल्नेछ । कृषि व्यवसायीहरूका लागि आजको दिन उत्तम देखिन्छ । समग्रमा दिन सहज हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आफ्नो क्षेत्रको प्रभुत्व कायमै रहनेछ  । नयाँ स्थानको भ्रमण होला । अतिथिजनको स्वागत गर्नुपर्ने देखिन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आकस्मिक धनलाभ हुने देखिन्छ । विद्या तथा बुद्धिको विकास हुनेछ । भौतिक साधनहरू जुटाउने समय आएको छ ।