एसईईको परीक्षापछि कहाँ पढ्ने र के पढ्ने विषयमा धेरैको चिन्ता हुन्छ । यसमा विद्यार्थीमात्र नभएर अभिभावक पनि उत्तिकै चिन्तित देखिन्छन् । यस्तै समस्याबाट निकास दिनका लागि बजारमा धेरै इन्स्टिच्युट खुलेका छन् । त्यसमध्ये धरानमा शाखा विस्तार गरेको अल्फाविटा इन्स्टिच्युटमा विद्यार्थीको आकर्षण बढ्दो छ । वैशाखदेखि ब्रिज कोर्ष सञ्चालन गर्दै आएको छ । यसै विषयमा अल्फाविटा धरानका शाखा प्रमुख अरुण अधिकारीसँग ब्लाष्टकर्मी बाबुराम सुवेदीले गरेको कुराकानीको सारः
 
- तपाईंको इन्स्टिच्युटले के–के काम गर्दै आएको छ ?
हामीले सबैभन्दा बढी विद्यार्थीहरूलाई गाइड गर्ने हो । त्यसका साथै वैदेशिक शिक्षा हासिल गर्नेका लागि सही प्रमिसन र विद्यार्थीका लागि अष्ट्रेलिया, क्यानडा, अमेरिका युकेलगायतका १६ वटाभन्दा बढी देशमा अध्ययनका लागि पठाउने छौं । हामीले जापानिज भाषा आईईएलटीएस क्लासेज, पीटीई–ए लगायतका अन्य विषयहरूको लागि पनि अध्यापन गराउँदै आएका छौं । अहिले हामीले एसईई परीक्षापछि विद्यार्थीहरूले कहाँ पढ्ने, कस्तो पढ्ने, कुन विषय पढ्दा के बन्न सकिन्छ भन्ने विषयमा जानकारी दिएर ब्रिज कोर्ष सञ्चालन गरिरहेका छौं ।
 
-  ब्रिज कोर्ष गर्यो भने विद्यार्थीहरूलाई कसरी सजिलो हुन्छ ?
एसईईको परीक्षापछि नानीहरूले कुन विषय कहाँ र कुन कलेज पढ्ने भन्ने अन्योल पनि हुन्छ । अन्योल नै नभए पनि उनीहरूलाई यो विषय पढ्दा यो कुरा हुन्छ र आफ्नो भविष्य यसरी बनाउन सकिन्छ भन्ने विषयमा जानकार लिन जरुरी पनि छ । विद्यार्थीले एसईईपछि सेकण्डरी लेभलदेखि हाइएर सेकेण्डरी लेभलबीच जुन ग्यापिङ सयम हुन्छ सही सदुपयोग हुनाका साथ कलेज कुन छान्ने भन्ने विषयको अन्योलता हट्छ । हामीले नानीहरूलाई इन्ट्रान्सको तयारी पनि गराउँछौं । इन्ट्रान्समा राम्रो गराउन सकियो भने कलेजहरूले पनि छात्रवृत्तिको प्रोभाइट गर्ने गर्दछ । त्यसका लागि अभिभावक र शिक्षकले पनि सहयोग गरेकै हुन्छन् । तर, आफूले अध्ययन गरेको विषय कसरी विश्व बजारमा उपयोग गर्न सकिन्छ भन्ने उद्देश्यले अध्ययन गर्ने हो भने  विभिन्न इन्स्टिच्युटमार्फत् ब्रिज कोर्ष गरेपछि थप सहयोग पुग्दछ । ब्रिज कोर्ष गर्नका लागि पनि भरपर्दो इन्स्टिच्युटको आवश्यक्ता पर्दछ । त्यसका लागि हामीले सेवा गर्दै आएका छौं । हामीसँग अहिले अहिलेसम्ममा १६ भन्दा बढी देशमा विद्यार्थी पठाएको अनुभव छ । विश्व भर नेटवर्क रहेको अल्फाविटाबाट अध्ययनका लागि विकसित मुलुक गएका विद्यार्थीले त्यहाँ पनि झण्झट व्यहोर्नु पर्दैन ।
 
-अल्फाविटा नै किन पढने ?
जानकारी लिनका लागि अल्फाविटा यस्तो संस्था हो । जसको विभिन्न देशमा नेटवर्किङ छ । जसले गर्दा जुन सुकै विद्यार्थीलाई जहाँ सुकै गएर पढ्दा पनि खासै समस्या हुँदैन । शैक्षिक परामर्शको हिसाबले जापानिज भाषा, आएल्स कक्षा, पीटीए कक्षा सञ्चालन गर्दै आएका छौं । एसईई दिएका विद्यार्थीहरूलाई ब्रिज कोर्ष गराउँछौं । हाम्रोमा आएका विद्यार्थी पढाइमा कुनै सम्झौता हुँदैन । हाम्रोमा दक्ष शिक्षकद्वारा अध्यापन गराइन्छ । भाषा सिक्दा पनि हाम्रोमा बाहिरबाट फर्किका शिक्षकहरू राखेर पढाउने गरिन्छ ।  विद्यार्थीलाई कुनै पनि अलमल नहुने गरी अध्यापन र परामर्श गराउँछौं ।
 
-विदेश जाने विद्यार्थीहरूका लागि के–के काम गर्नुहुन्छ ? 
हामी कहाँ आएका विद्यार्थीहरूको एकेडेमिक व्याकग्राउण्डलाई राम्ररी बुझेर उसलाई कुन विषय र कुन देशका लागि उपयुक्त हुन्छ, सोहीअनुसार कलेजमा प्रोसेस गर्छाैं । साथै हामीले उनीहरूको डकुमेन्टेशन प्रोसेसिङमा पनि सहयोग गर्छौं । जसले गर्दा भोलिका दिनमा विद्यार्थीलाई कुनै पनि समस्या आइपर्दैन । हाम्रोमा शैक्षिक कागजपत्र दिइसकेपछि बारम्बार काठमाडौं जानु पर्दैन । एक पटक काठमाडौं गएपछि हुन्छ । हामीले त्यसपछि भिसासम्मका काम धरानबाटै गर्दै आएका छौं । धरानको भानु चौकमा  रहेको साधना भवनको तेस्रो तलामा अल्फाविटाको धरान शाखा रहेको छ । हाम्रोमा पढाइका अलावा अतिरिक्त क्रियाकलापहरू पनि सञ्चालन गर्दै आएका छौं । यता कुन देशमा कुन कोर्ष गर्दा के फाइदा हुन्छ भन्ने विषयमा पनि जानकारी गराउँछौं । विद्यार्थीको इच्छाअनुसार हामीले १६ भन्दा बढी देशमा पढ्न पठाउने गरेका छौं । शैक्षिक परामर्श केन्द्रका रूपमा सेवा दिँदै आएका छौं ।