पथरीशनिश्चरे/ मोरङको पथरीशनिश्चरेमा सम्पन्न प्रथम ‘मिस पथरीशनिश्चरे–२०१९’ को उपाधि पञ्चायत माविकी छात्रा रिजु भट्टराईले जितेकी छन् ।
 
नयाँ वर्षको अवसर पारेर माउण्ट एभरेष्ट इन्टरटेन्मेन्टको आयोजनामा बुधबार राति सम्पन्न प्रतियोगितामा उपाधिको ताजसहित उनले नगद ७५ हजार रुपैयाँ हात पारिन् । उत्कृष्ट १५ बाट छानिएर १० हुँदै उत्कृष्ट ५ मा आएपछि फिनालेको चौथो एवम् अन्तिम राउण्डमा उपाधिको टुङ्गो लागेको थियो ।
 
प्रतियोगिताको फस्ट रनर अपमा पथरी बहुमुखी क्याम्पसकी छात्रा तुलसा नेम्वाङ, सेकेण्ड रनर अपमा रेजिना राई घोषित भइन् । उनीहरूले क्रमशः नगद ५० हजार र २५ हजार रुपैयाँ पुरस्कार पाएका छन् ।
 
सिल्भर इन्टरटेन्मेन्टको प्राविधिक सहयोगमा भएको प्रतियोगितामा अस्मिता तामाङलाई फोटोजेनिक फेस, रिजु भट्टराईलाई बेस्ट पर्सनालिटी, रेजिना राईलाई मिस ट्यालेन्ट, रोमा गुरुङलाई पब्लिक चोइस, तुलसा नेम्वाङलाई बेस्ट स्माइल टाइटल प्रदान गरिएको थियो ।