नेपालमा उत्पादन प्रवद्र्धन गर्न ताइवानी उत्साहित

alt
  • बैशाख ६, २०७६
  • १५७ पटक पढिएको
  • रासस

काठमाडौँ/ ताइवान एक्स्टर्नल ट्रेड डेभलपमेन्ट काउन्सिलको नेतृत्वमा आएको व्यापारिक प्रतिनिधिमण्डल र नेपाली व्यवसायीबीच उच्चस्तरीय अन्तरक्रिया सम्पन्न भएको छ । ताइवानका प्रतिष्ठित उत्पादक तथा आपूर्तिकर्ताहरू सम्मिलित सो प्रतिनिधिमण्डलले काठमाडौँको दरबारमार्गस्थित याक एण्ड यती होटलमा नेपाली व्यवसायीहरूसँग हालै प्रत्यक्ष भेटघाट गरी व्यापारिक सम्भावनाबारे अन्तक्रिया गरेका छन् ।

काउन्सिलको नेतृत्वमा नेपाल आएका सात सदस्यीय व्यापारिक प्रतिनिधिमण्डलले नेपालमा आफ्नो उत्पादनको बिक्री तथा प्रवद्र्धन गर्न उत्साहित भएको बताएका छन् । एक सयभन्दा बढी नेपाली व्यापारी तथा खरिदकर्ता सो अन्तरक्रियामा सहभागी रहेको नेपालका लागि सम्पर्क व्यक्ति दर्शन न्यौपानेले बताउनुभयो ।

उहाँले प्रतिनिधिमण्डलसँगको भेटघाट कार्यक्रममा सौर्य ऊर्जा प्रणाली, बेकरी मेसिन, खाद्यपदार्थ तथा जुस, स्टीलपाता तथा कोइला, एलइडी बत्ती तथा सङ्ख्यात्मक डिस्प्ले, सिसीटिभी क्यामरा उपकरण, फेस मास्क, ह्यान्ड टुल, निर्माण टुल र अन्य उत्पादन लगायतका विषयमा छलफल भएको जानकारी दिनुभयो ।

न्यौपानेले ताइवानका व्यापारीले दक्षिण एशियामा आफ्नो उत्पादनलाई प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल, भारत र बङ्गलादेशमा यस प्रकारको व्यापारिक अन्तरक्रिया गर्दै आएको बताउनुभयो । उहाँले यसरी नेपाल आएका ताइवानी व्यापारीले नेपाली व्यापारीसँगको भेटघाटमा यसपटक सात थरीका विभिन्न उत्पादनको प्रवद्र्धन गरेको जानकारी दिनुभयो ।

नेपाली व्यवसायीका लागि ताइवानी उत्पादक तथा आपूर्तिकर्तासँग अन्तरक्रिया कार्यक्रममार्फत नेपाल र ताइवानबीच व्यापारिक सम्बन्ध भविष्यमा अझ प्रगाढ र दिगो हुने न्यौपानले बताउनुभयो । उहाँले नेपाली व्यवसायीसँग प्रत्यक्ष भेटघाट गरी व्यापार विस्तारको सम्भावनाबारे अन्तरक्रिया अत्यन्तै फलदायी भएको जानकारी दिनुभयो ।

कार्यक्रममा सहभागिता जनाउन नेपाली उद्योगी तथा व्यवसायीका लागि निःशुल्क रजिष्ट्रेसनको व्यवस्था गरिएको थियो ।

भोजपुरमा विप्लव र प्

भोजपुर । भोजपुरमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेक

धरानबाट खुकुरी र कट्

धरान  / धरानको बगरकोटबाट कट्टीसहित दुई जनालाई

नौ महीनामा छ खर्ब ५३

  काठमाडाैं /  वैदेशिक रोजगारीमा गएका

भागेर ज्यान जोगाएकी

दमक / पाचथरमा ९ जनाको हत्या हुदा भागेर ज्यान जोगाउन सफल


हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved