काठमाडौं/ नेदरल्याण्डको इण्डिमोल साइनद्वारा सञ्चालित बिग ब्रदरको फ्रेञ्चाइज बिग बोस नेपालमा पनि शुरु हुने भएको छ ।
 
आइमेक्स प्रोडक्सन तथा इण्डिमोल साइनको संयुक्त सहकार्यमा बिगबोस नेपालमा आउन लागेको हो । प्रतिभाहरूलाई सबैका माझ ल्याउने तथा नेपाली फिल्म उद्योगको विकासमा सहयोग पु¥याउने उद्देश्यले कार्यक्रम नेपाल ल्याइएको बताइएको छ । 
 
नेदरल्याण्डको इण्डिमोल साइनद्वारा ५४ देशमा सफलतापूर्वक सञ्चालित बिगब्रदर टिमको नेपालमा ५५ औँ देशको रूपमा शो आयोजना हुनेछ । 
 
देशअनुसार फरक–फरक भाषामा सञ्चालित यो कार्यक्रम नेपालमा नेपाली भाषामै प्रसारण हुनेछ । यसरी सञ्चालन हुने कार्यक्रम बिगब्रदरकै संरचनाअनुसार हुनेछ ।