देउराली । छुट्टाछुट्टै सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।   मोरङ र भोजपुर जिल्लामा बिहीबार भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा २ जनाको मृत्यु भएकाे हाे ।

मोरङकाे बुढीमगंगा गाउँपालिका-३ मा ना २ ख ५३५२ नम्बरको ट्रकले ना ४६ प २५८५ नम्बरको मोटरसाईकललार्इ ठक्कर दिदा सुनसरीको गढी गाउँपालिका-२ बस्ने  बर्ष २५ मोटरसाईकल  चालक सन्तोष साहको मृत्यु भएको  १ नम्बर प्रदेश, प्रहरी कार्यलय विराटनगरले जनाएकाे छ ।

कोशी राजमार्ग अन्तर्गत दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको मोटरसाईकललाई साेहि दिशाबाट अाउदैगरेकाे ट्रकले ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते मोटरसाईकल चालक साहलाई उपचारको  टिचिङ अस्पताल टंकीसिनुवारीमा उपचारको क्रममा मृत्यु भएको   प्रहरी कार्यलय विराटनगरले जनाएकाे छ । ठक्कर दिने ट्रक र चालक सुनसरी रामधुनी नगरपालिका-१ बस्ने बर्ष ३० को दिपेन बि.क. लाई उक्त कार्यालयको नियन्त्रणमा राखिएको हरी कार्यलय विराटनगरले बताएकाे छ ।

त्यसैगरी भोजपुरको हतुवागढी गाँउपालिका-९ मा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । सापिङटारबाट ज्यामिरे तर्फ दाउरा लोड गरेर जाँदै गरेको को २ त ८७१४ नम्बरको ट्याक्टर आँफै अनियन्त्रित भई सडकबाट अन्दाजी ३५ मिटर तल खसेर दुर्घटना भएको प्रहरी कार्यलय विराटनगरले जनाएकाे छ । दुर्घटनामा ट्याक्टरमा सवार वर्ष ३५ की शान्ति मगरको घटनास्थलमा नै मृत्यू भएको प्रहरी कार्यलय विराटनगरले जनाएकाे छ।

मृतकको शव कानूनी प्रकृया पश्चात परिक्षणको लागि जिल्ला अस्पताल पठाईएको छ भने ट्याक्टरका चालक सोही स्थान बस्ने वर्ष ३६ को मेघराज राईलाई प्रहरीको नियन्त्रणमा राखिएको उक्त कार्यलायले जनाएको छ ।