पथरीशनिश्चरे । कक्षा ३ मा पढ्ने सानो उमेरकी राधिका कार्कीको प्रतिभा भनें सानो छैन ।

३ वर्षको उमेरदेखि नै गायनमा लागेकी उनी चर्चित गायक गायिकाका गीत सुमधुर रुपमा गाएर सवैलाई छक्क पार्दै आएकी थिइन् । अहिले ९ वर्षको उमेरमा आइपुग्दा उनको प्रतिभाले उनी पढ्ने विद्यालय केवी मेमोरियल वोर्डिङ स्कुलमा मात्र होइन नगर क्षेत्रमै गतिलो प्रभाव पारेको छ ।

मोरङ्को पथरीशनिश्चरे–९ को रिगुवामा ९ वर्ष अघि पिता जीवन कार्की र माता कमला कार्कीकी कान्छी छोरीका रुपमा जन्मिएकी उनी पढाईमा सृजनशील गतिविधिमा अव्बल छिन् ।

मोवाइलवाट आफैं गीत सुनेर गाउने अभ्यास गरेकी उनले ‘असारे महिनामा......’, ‘बालापनको उमेर...’, ‘ए दाजु नसमाऊ नारीमा.....’, ‘खानी यो मामू ए कान्छा....’ ‘कसरी–कसरी...’, र ‘माया लुकि–लुकि...’ जस्ता वोलका गीत गाएर सवैको मन जित्छिन् ।

‘विना अभ्यास र विना साधना पनि एकल प्रयासमा यो स्थितिमा आइपुग्नु चानचुने कुरा होइन ।’ उनी पढने विद्यालयका प्रिन्सिपल किशोर खड्काले उनको प्रतिभाको प्रसंसा गर्दै भने । आफू गायिका बन्नुपर्छ भनेर बिशेषगरी घरमा आमा–बुबावाट तिमीले गाउनुपर्छ भनेकाले हौसलास्वरुप गीत गाउन थालेको उनले ।

भविष्यमा अरु जस्तै अब्बल गायिका बनेर नाम चम्काउने ध्याउन्नमा छिन उनी । स्कुलका हरेक साङ्गितीक कार्यक्रममा गाउने उनी, खासगरी विद्यालयमा रहँदा शिक्षक उमेश राई र शिक्षिका नम्रता अधिकारीबाट गाउने प्रेरणा पाएको भेटमा सुनाइन् ।

स्कुलको २३ औँ वार्षिकोत्सव तथा अभिभावक दिवसमा उनले गाएको ‘असारे महिनामा....’ वोलको गीत सबैको सामु निर्धक्क गाएर सबै अभिभावकलाई मन्त्रमुग्ध नै पारेकी थिइन् । ‘यस्ता लुकेका प्रतिभालाई प्रष्फुटन गर्न दियौँ भने यस्ता प्रतिभाले ठूलो स्थान पाउने विद्यालयका सहप्रधानाध्यापक कुरुक्षेत्र नेपालको ठहर छ ।